arrow

प्रदेशले नदिएपछि गाउँपालिका आफैले किन्यो कोरोना परीक्षण गर्न भिटिएम 

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ जेठ २८ बुधबार
simkot-gaupalika.jpg

हुम्ला । हुम्ला जिल्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना नागरिकहरुको पिसिआर पद्धति मार्फत कोरोना परिक्षण गर्नका लागि भिटिएम खरिद गरेको छ । 

जिल्ला स्वास्थ्य कार्यालयमा भिटिएम र आरडिटि किटको अभाब भएर प्रदेशसँग माग गर्दा प्रदेशले उपलब्भ नगराएपछि सिमकोट गाउँपालिका आफैले भिटिएम खरिद गरेका गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए ।

छिमेकी मुलुक भारत तथा नेपालका विभिन्न जिल्लाबाट आएका नागरिकहरुलाई क्वारेन्टीनमा राखिएको तर उनिहरुको कोरोना परीक्षण नगरि घर पठाउन नसकिने पठाए पनि नागरिकहरु पनि जान नमान्ने परिक्षण गरौं भने भिटिएम र आरडिटि किटको अभाब भएपछि पालिकाले आफ्नै लगानिमा २ हजार थान भिटिएम खरिद गर्नु परेको अध्यक्ष लामाले बताए । 

अहिले पछिल्लो समयमा आरडिटि किटबाट परिक्षण गर्दा प्रभाबकारी नहुने भए पछि कोरोनाको प्रभाबकारी रुपमा परीक्षण गर्न भिटिएम नै बिश्वासिलो  र प्रभाबकारी हुने भएकाले भिटिएम खरिद गर्ने भनेर पालिकाले निर्णय गरेपछि २ हजार थान भिटिएम खरिद गरी गाउँपालिकामा पुगिसकेको सिमकोट  गाउपालिका स्वास्थ्य शाखा प्रमुख  दानबहादुर बोहोराले बताए ।  

मंगलबार सम्म स्थलमार्गबाट ८५ र हवाई मार्गबाट २ सय २५ जना गरि  ३ सय १० जाना देशका बिभिन्न जिल्लाबाट आएर सिमकोट गाउँपालिकाका ९ वटा क्वारेन्टिनमा बसेका छन भने अझै आउने क्रम जारी रहेकाले जिल्ला बाहिरबाट कति आउने हुन यकिन नभएको वास्थ्य शाखा प्रमुख  बोहोराले बताए । 

यसैगरी जिल्ला बाहिरबाट आएका आफ्ना नागरिकको कोरोना संक्रमण परीक्षणका  लागि ताजाकोट गाउपालिकाले पनि पाँच सय वटा पीसीआरका लागि भिटिएम र दुई सय किट आरडीटी किट खरिद गरेको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए । 

हाल गाउँपालिका ३३ जना भारत र १८१ जना देशका विभिन्न जिल्लाबाट आएका व्यक्तिहरु छ वटा क्वारेन्टिनमा रहँदै आएका छन् । उनीहरु सबैको परीक्षण जेठ ३० गते हुने अध्यक्ष मल्लले बताए  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ