arrow

प्रिमियर लिग: रेलिगेसन जोनमा रहेको सण्डरल्याण्डद्वारा चेल्सी पराजित

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
john_terry.jpg.jpeg
 
काठमाडौं। ईङलिश प्रिमियर लिगको उपाधी लेस्टरले जितिसकेको भए पनि बाँकी स्थानहरुकालागि प्रतिस्पर्धा जारी रहेको छ। अंक तालिकामा पहिलो ४ स्थानमा परे च्यामपियन्स लिग खेल्ने सपना बुनेका क्लबहरुको भिडन्त रोमाञ्चक हुँदैछ। 
 
आजको खेलमा म्यानचेस्टर युनाईटेडले सौान्सी बिरुद्ध जीते पछि उसको ४ स्थान भित्र पर्ने सपना जिवित रहेको छ। लिगमा दुई केल खेल्न बाँकी रहेको युनाफटेड ३६ खेलमा ६३ अंक सहित पाँचौं स्थानमा रहेको छ। 
 
स्वान्सीको घरेलु मैदानमा भएको केलमा ७२औं मिनेटमा माटाले गोल गर्दै युनाईटेडको कातामा तीन अंक थपेका थिए।
 
रेलिगेसन जोनमा रहेको  सण्डरल्याण्डले चेल्सीलाई ३-२ गोलले पराजित गर्दै प्रिमियर लिगमै रहने संबावना बढाएको छ। सण्डरल्याण्ड ३६ खेलमा ३५ अंकका साथ १७औं स्थानमा रहेको छ। 
 
चेल्सीकालागि डिएगो कोस्टाले १४औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए।  ४१औं मिनेटमा सण्डरल्याण्डका काज्रीले गोल गर्दै खेल १-१मा पुर्‍याएका थिए। ४५औं मिनेटमा माटिचले गोल गर्दै चेलसीको अग्रता २-१ पारेका थिए। 
 
६७औं र ७०औं मिनेटमा सण्डरल्याण्डले गोल गर्दै खेल ३-२ले जितेको थियो। खेलमा जोन टेरीले राो कार्ड पाएर बाहिरिएका थिए। 
 
त्यसैगरि अरु केलमा क्रिष्टल प्यालेसले स्टोक सिटीलाई २-१ गोलले पराजित गरेको छ भने स्वानसीले वेस्टह्यामलाई ४-१ गोलले पराजित गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ