arrow

भारतबाट कोरोनाबाट बच्दै भाग्दै आएकाहरुले गाउँमै आएर गुमाए ज्यान

क्वारेन्टाइनका लागि ३९ जना लिएर हिडेको टिपर कर्णालीमा खस्यो, गर्भवती समेत २को शब प्राप्त, ६ जना वेपत्ता 

logo
नवराज योगी,
प्रकाशित २०७७ जेठ २८ बुधबार
karnali-accident-kalikot.jpg

कालिकोट। जिल्लाको रासकोट नगरपालिकाको क्वारेन्टाइनका लागि ३९ जना यात्रु लिएर गएको टिपर कर्णाली नदीमा खसेको छ। 

नरहरिनाथ गाउँपालिकाकाे लालिघाटमा टिपर कर्णालीमा खसेको हो। भारतबाट आएका रासकोटवासीलाई टिपरले जीते भन्ने ठाउँबाट नगरपालिका ल्याउँदै थियो। 

घटनास्थलमा पुगेका प्रहरी र स्थानियले उद्धार जारी राखेका छन्। अहिलेसम्म २ जनाको शब निकालिएको छ। उनीहरुको सनाखत गरिएको छ। 

मृतक २ जना बर्ष २३ की शर्मिला सार्की र बर्ष २१ की ठुम्की सार्की रहेका छन्। मृतक मध्ये एक जना गर्भवती थिइन। मृतक शर्मिलाकी २ बर्षकी छोरी सरिता सार्की पनि कर्णालीमा वेपत्ता छिन। बर्ष ३३ की मन्ना कुमाल पनि वेपत्ता छिन्। दुर्घटनामा परेका ६ जना वेपत्ता भएका हुन्। ४ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। २२ जना सकुसल रहेका छन्। 

गाैरिफन्टा नाका हुँदै आएका उनीहरुलाई लिन भएको टिपरको चालकको वदमासीले दुर्घटना भएको घटनामा बाचेकाहरुले बताएका छन्। दुर्घटना गराउने चालक भागेपछि उसको खोजी भइरहेको छ। सडकबाट ५० मिटर तल नदिमा टिप्पर डुबेकाे छ।

नगरपालिकाले अन्य सवारी साधन नपठाएर टिपर पठाएको थियो।  टिपर नदीको बीचमा रहेकोले निकाल्न गाह्रो भएको छ। 

दुर्घटनामा बाचेकाहरुले ७ दिनदेखि राम्रोसँग खान पनि नपाएको बताए। अब आफ्नो गाउँ आइयो भनेको त झनै ज्यानै पो लियो उनीहरुले रुँदै भने। 

घटनास्थलमा स्थानिय, प्रहरी, नेपाली सेना छन्। घाइतेकाे जिल्ला अस्पताल कालिकाेटमा उपचारका लागि लगिएकाे छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ