arrow

टिपर कर्णालीमा खस्यो : दुईको मृत्यु, ६ हराए

logo
प्रकाशित २०७७ जेठ २८ बुधबार
upper-karnali.JPG.jpeg

मान्म । कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

उनञ्चालीस जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो  ।  

टिपर नदीमा खस्दा ६ जना कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताए । 

उनका अनुसार अहिले बेपत्ताको खोजी  भइरहेको र नौ  घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको छ । 

बाइस यात्रु सकुशल रहेको र टिपर चालक फरार  रहेको जनाइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ