arrow

प्रिमियर लिग: लेस्टरले उपाधि उचाल्यो, भार्डीको जादु जारी

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
leicester_Champions.jpg.jpeg
काठमाडौं। लेस्टर सिटीले दुइ खेल बाँकी रहँदा प्रिमियर लिग उपाधि जितेको घोषणा भएपनि १ खेल बाँकी छँदा ट्रफि उचालेको छ। आफ्नो घरेलु मैदान किंग पावर मैदानमा ईभर्टन बिरुद्ध ३-१ गोलको जीत हासिल गर्दै ट्रफी उचालेको हो।
 
ईबर्टन बिरुद्ध केलको ५औं मिनेटमा स्टार स्टराईकर जेमी भार्डीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। त्यसैगरि खेलको ३३औं मिनेटमा एण्डी किङ्गले गोल गर्दै २-०को अग्रता दिलाए। 
 
खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै भार्डीले स्कोर ३-० पुर्‍याएका थिए भने ७२औं मिनेटमा पाएको पेनाल्टी भार्डीले बाहिर हानेका थिए। 
ईभर्टनका  केविन मिराल्लासले ८८औं मिनेटमा सान्तवना गोल गरेका थिए। लेस्टरले खेल ३-१ गोलले जितेको छ। 
 
लेस्टरका बार्डी २४ गोलका साथ सबैभन्दा बढी गोल गर्नेको सुचीमा दोस्रो स्थानमा रहेका छन्। उनले २४ गोल गरेक ाछन् भने १ केल बाँकी रहेको छ। २५ गोलका साथ टोटेनह्याम हटस्पर्सका ह्यारी केन पहिलो स्थानमा रहेका छन्। 
 
लेस्टरका म्यानेजर रानियरीले आफु खुशी भएको बताएका छन्। उनले टोली व्यवस्थापन, समर्थक एवं सबै शुभ चिन्तकहरुलाई धन्यवाद दिएका छन्। उनले आफुले प्रत्यक खेल जित्न चाहेको र हप्तामा हुने खेलमा आफ्नो टोलीले प्रगति गरेको हेर्न चाहने गरेको खुलाशा गरे। खेलाडीहरुले यती राम्रो खेलेकी उपाधि नै जिताईदिए उनले भनेका छन्।
सन् १८८४मा स्थापित क्लबले सन् १८९४मा फुटबल लिगमा प्रवेश पाएको थियो। लेस्टरको सन् २०१५-१६को प्रिमियर लिग बिजय क्लबको ईतिहासमा सबैभन्दा ठुलो बिजय हो। 
 
गत सिजनमा २९ खेलमा १९ अंक बटुलेर रेलिगेसनको स्थितीमा पुगेको लेस्टरले बाँकी ९ खेलमा ७ खेल जित्दै आफुलाई प्रिमियर लिगमा राखेको थियो। गत सिजनको त्यो अन्तिम समयको फर्मलाई जारी राख्दै यो सिजन शुरुदेखि नै आक्रमक खेल खेलेको लेस्टरले अन्तत: उपाधि नै जितेको छ। 
 
लेस्टरका स्ट्राईकर जेमी भार्डीले ११ खेलमा १३ गोल हानेर सनसनीपुर्ण शुरुवात गरेका थिए। भार्डीले रुड भान निस्टलरोयको लगातार १० खेलमा गोल गरेको रकर्ड तोडेका थिए। लेस्टरले ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिग खेल्न पाउने छ। लेस्टरको बिजयलाई ईङलिश फुटबल ईतिहासको एक सबैभन्दा महत्वपुर्ण सफलताको रुपमा हेरिएको छ। 
सन् १९९२-९३मा प्रिमियर लिग शुरु भएपछि ब्ल्याकबर्न रोभर्सले ९४-९५को उपाधि जितेको छ नत्र म्यानचेस्टर युनाईटेड, आर्सनल, म्यानचेस्टर सिटी र चेल्सीले मात्र उपाधि जित्दै आईरहेका थिए। लेस्टरले यसपाली ठुला टोलीहरुको बर्चस्वलाई खतम पार्दै उपाधि जितेको हो। 
 
म्यानचेस्टर युनाईटेडले प्रिमियर लिगको उपाधि १२ पटक जितेको छ भने चेल्सीले ४ पटक र आर्सनलले ३ पटक उपाधि हात पारेका छन्। त्यसैगरि म्यानचेस्टर सिटीले २ पटक र ब्लयाकबर्न रोभर्सले १ पटक प्रिमियर लिग उपाधि जितेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ