arrow

अमेरिकी वायु सेना प्रमुखमा पहिलो अश्वेत नागरिक

logo
एपी,
प्रकाशित २०७७ जेठ २८ बुधबार
Gen-charles-brown-us-air-force.jpg

वासिङ्टन। अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चाल्र्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ। अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व गर्न पाउने उनी पहिलो अश्वेत नागरिक भएका छन्। सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो। सिनेट बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताए।

प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीतिक क्षेत्र तनावमा छ। यहीबीच भएको सिनेट सुनुवाईमा ब्राउनको पक्षमा सर्वसम्मत भएको थियो।

ब्राउनले हालैका दिनहरुमा अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गरेका थिए। उनी स्वयं लडाकू बिमानका पाइलट रहनुका साथै उनले दुई हजार ९०० घण्टा सैनिक बिमान उडाएका छन्।

ब्राउन सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृतमा भर्ना भएका थिए। उनले वायु सेनाभित्र विभिन्न पदमा रहेर सेवा गरेका छन्। उनले एफ–१६ लडाकू बिमानको प्रशिक्षकका रुपमा पनि काम गरेका थिए।

सन् २०१९ को जनगणना अनुसार अमेरिकामा सेनातर्फ १७ प्रतिशत अफ्रिकी–अमेरिकी मूलका रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ