arrow

भारतमा कोरोनाः २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित, मृतक र निको हुने 

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
corona-india11.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ८७ हजार १५५ पुगेको छ ।

२४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित, मृतक र निको हुने पुगेका छन् । 

बिहीबार बिहान २४ घण्टाको अवधिमा ११ हजार १५६ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च हो । 

त्यस्तै मृतक ३५७ पुगेका छन् । जुन अहिलेसम्मकै उच्च हो । त्यस्तै निको हुने पनि एकै दिन ६ हजार ३२६ पुगेका छन् । जुन अहिलेसम्मकै उच्च हो । 

अहिले १ लाख ३८ हजार ५४ जना सक्रिय संक्रमित रहेका छन् । १ लाख ४० हजार ९७९ जनालाई निको भएको छ । 

८ हजार १०७ जनाको मृत्यु भएको छ । 

सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा एकैदिन ३ हजार २५४ जना नयाँ संक्रमित थपिएर संख्या ९४ हजार ४१ जना पुगेका छन् ।

एकै दिन १४९ जनाको मृत्यु भएर महाराष्ट्रमा मृतक ३ हजार ४३८ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ