arrow

त्रिवि चिकित्सामा राजनीति माथि उठेर डिन नियुक्त गरियोस् – नेविसंघ 

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
baldev-timalsina-nsu.jpg

काठमाडौं । त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगञ्जमा राजनीतिभन्दा माथि उठेर डिन नियुक्त गर्न नेविसंघले माग गरेको छ । 

नेविसंघले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिभन्दा माथि उठेर उपयुक्त पात्र छनोट गर्न ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्वस्वीकार्य, पारदर्शी मापदण्ड अनुसार डिनको नियुक्ति हुनुपर्ने भन्दै विशुद्ध राजनीतिक ढंगले मापदण्ड विपरित टप्प टिपेर जोकोहीलाई नियुक्ति दिएमा स्वीकार्य हुने छैन त्यसैले वरिष्ठता नै मुख्य आधार हुनुपर्छ भन्ने हाम्रो धारणा हो । एउटा संस्थान विद्यार्थीको पनि भएकोले विद्यार्थीका मुद्दाहरुलाई नजरअन्दाज गरेमा जुन हदसम्म पनि जाने प्रतिबद्ध छौं ।’

नेविसंघ महाराजगंज क्याम्पस इकाइले वरियता मिचेर आफू निकटलाई त्रिवि चिकित्सा अध्ययन संस्थानमा डिन नियुक्ति नगर्न खबरदारी गरेको छ । 

त्यस्तै  नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले राजनीतिक भागबण्डाको र आफू निकटकाहरुलाई भर्ती केन्द्र मात्र बनाउने कि विश्वविद्यालयले आजको चुनौतीको सामना गर्न महामारीले विश्वविद्यालयमा विद्यार्थी पुग्न नसकेको वर्तमान अवस्थामा विश्वविद्यालय विद्यार्थीसम्म पुग्ने ?’ भन्दै उपयुक्त माध्यम र बिकल्प खोज्नेतर्फ लाग्न सुझाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ