arrow

प्रिय !

logo
रमिला योन्जन,  
प्रकाशित २०७७ जेठ २९ बिहिबार
ramila-yonjan.jpg


तिमीले भनेका थियौ 
प्रिय हामी एकै हौं
अब आफ्नो 
बराबर गर्देउन ।

बच्चाको न्याक्पि
जब म बदल्छु 
तिमी दूधको 
बोतल भर्देउन । 

बस यतिकै एक हौं 
एक हौं भन्दैमा
कहाँ जिन्दगी चल्छ र  ।

कहिलेकाहिं तिमी पनि 
टाउको मिचिदेउन मेरो
कमी यही महशुस हुन्छ ।

जब म पनि अफिस जान्छु 
तिमी पनि घर समालिदेउन ।

तिमीले भनेका थियौ
प्रिय हामी एकै हौं
अब आफ्नो बराबर गर्देउन ।

नगर बाचा कसम
जन्मौं जन्मको 
यो एक पल नै 
खुशीले भर्देउन ।

कहिलेकाहिँ बजारतिर 
घ्यान हटाएर 
मन घरतिर पनि गर्देउन ।

आउ छेउँमा बस
केही गफ गरौं
कहिलेकाहिँ दिलको
चोट पनि भर्देउन ।

यति पनि भन्न पर्छ 
तिमी यहसासहरु बुझन 
तिमीले भनेका थियौ
प्रिय हामी एकै हौं
अब आफ्नो बराबर गर्देउन ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ