arrow

स्याङ्जालीमा बढ्यो कोरोनाबाट निको भएपछि आत्मबल, तीन फर्किए दुई थप उपचारमा

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७७ जेठ २९ बिहिबार
corona-test.jpg

स्याङ्जा । कोरोना भाइरस संक्रमण देखिएपछि स्याङ्जामा सन्त्रास फैलिएको थियो । उपचारपछि निको हुने रहेछ भन्ने खवरले भने स्याङ्जावासीमा अहिले केही आत्मबल बढेको छ । 

बिहीबार स्याङ्जाका ३ जना कोरोना संक्रमित पुरुष कोरोना जितेर घर फर्किए पछि स्याङ्जावासीमा आत्मबल बढेको हो । 

क्वारेन्टिनमा बसेका भारतबाट आएका नागरिकमा सन्त्रास फैलिएका बेला ३ जना संक्रमित निको भएर घर फर्केको खबरले उनीहरुमा समेत आत्मबल बढेको बताइएको छ । 

जिल्ला अस्पतालको आईसोलेसनमा रहेका ६ जना मध्ये ३ जना संक्रमितको पिसिआर परिक्षणमा नेगेटिभ आएपछि घर पठाईएको जिल्ला अस्पताल स्याङ्जाका कोरोना फोकल पर्शन डाक्टर अन्जु अर्यालले जानकारी दिइन् । 

घर फर्कनेमा वालिङ नगरपालिकाका २१ बर्षका पुरुष र गल्याङ् नगरपालिकाका २७ र ४० बर्षका २ जना पुरुष रहेकाछन् । उनीहरुलाई स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री लगायतले बिदाई गरेका हुन् ।

जेठ २२ गते जिल्ला अस्पतालमा उपचाररत ६ जना पुरुषहरु र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको पिसिआर परिक्षणका लागि स्वाव लिई पोखरा पठाईएको थियो । जसमा ३ जना संक्रमित र स्वास्थ्यकर्मींहरु सबैको कोरोना नेगेटिभ आएको फोकल पर्शन डाक्टर अर्यालले जानकारी दिइन् । 

वालिङका कोरोना मुक्त भएका पुरुष जेठ १३ मा र गल्याङका पुरुष जेठ १८ मा संक्रमित भएको पुष्टी भएको थियो ।

अव जिल्ला अस्पतालको आईसोलेसनमा ३ जना पुरुष उपचाररत छन भने कालिका सामुदासिक अस्पतालको आईसोलेसनमा एक महिला सहित ३१ जना उपचार गराई रहेकाछन् । स्याङ्जाका कोरोना संक्रमित एक जनाको निधन भईसकेको छ । 

यो सहित जिल्लामा जम्मा संक्रमितको संख्या ३८ रहेको छ । भीरकोट स्थित उपचारमा रहेका संक्रमित मध्ये एक जनामा स्वास प्रस्वासमा समस्या आएपछि थप उपचारका लागि पोखरा पठाइएको छ । 

गण्डकी प्रादेशिक अस्पतालमा वालिङका २५ बर्षिय पुरुषमा थप समस्या आएपछि उपचारका लागि पठाइएको प्रजिअ क्षेत्रीले बताए । 

भारतबाट आएका बाबुछोरामा कोरोना संक्रमण देखिएपछि कालिका सामुदायीक अस्पतालको आइसुलेसनमा उपचार भएको थियो छोरालाई समस्या देखिएपछि बाबु सगै पोखरा पठाइएको प्रजिअ क्षेत्रीले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ