arrow

महामारीमा अस्पतालका ३७ जना कर्मचारी हटाउने निर्णयको कांग्रेसद्धारा विरोध 

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । कोरोना भाइरसको महामारीका बेलामा आफ्नो क्षेत्रमा उपचार गर्ने अस्पताल तयारी अवस्थामा नराखिएको भन्दै नेपाली कांग्रेस दोलखा जिल्लाको भीमेश्वर नगर कार्यसमितिले आपत्ति जनाएको छ । 

विज्ञप्ति जारी गर्दै कार्यसमितिले नागरिकलाई निःशुल्क उपचार दिने, उच्चस्तरको स्वास्थ्य सेवा विस्तार गर्दै ५० बेडभन्दा माथिको सुविधासम्पन्न अस्पताल बनाउने प्रतिवद्धता सहित स्वास्थ्य मन्त्रालयसंग सम्झौता गरेर २०७२ माघमा दोलखा आएको न्याय हेल्थ नामक गैरसरकारी संस्थाले सरकारसंग सम्झौता गरेको ५ वर्ष बितिसक्दासमेत सम्झौता बमोजिमका कतिपय मुख्य प्रतिवद्धता कार्यान्वयनमा उक्त संस्था चुकेको समेत बताएको छ । 

नगर कार्यसमितिका अध्यक्ष राजेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, सरकारले नै स्वास्थ्यकर्मीको योगदानको कदर गर्दै स्वास्थ्यकर्मीलाई अतिरिक्त सेवा सुविधा दिने र दरबन्दी थप गर्दै जाने नीति लिएको परिप्रेक्षमा कोरोना महामारीको यो कठिन अवस्थामा पनि न्याय हेल्थ नामक गैरसरकारी संस्थाले दाताबाट सहयोग रोकिएको र संस्थामा बजेट अभाव भएको भएको भन्द्यै स्वास्थ्य क्षेत्रका १९ जनासहित अस्पतालका ३७ जना कर्मचारीलाई मापदण्ड र आधार बिनै सेवाबाट हटाउने पूर्वाग्रही निर्णय गरेको प्रति नेपाली कांग्रेस भीमेश्वर नगर कार्यसमितिको गहिरो चासो छ ।’

विज्ञप्तिमार्फत कांग्रेसले निष्कासित कर्मचारीहरुको पुनर्बहालीको माग गर्दै जारी स्वास्थ्यकर्मी र कर्मचारीहरको आन्दोलनमा ऐक्यवद्धता रहेको जनाएको छ । 

कांग्रेसले वार्ताबाट सबै समस्याको समाधान गर्नका लागि सम्बन्धित पक्षसंग जोडदार मागसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ