arrow

बसले किचेर महिला साइकलयात्रीको मृत्यु 

logo
गोविन्द बीसी, 
प्रकाशित २०७७ जेठ २९ बिहिबार
103309873_329143224736913_4.jpg

बौनिया । बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बौनियामा मिनि बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय बौनियाका अनुसार जिल्लाको बर्दगोरिया गाउँपालिका २ झगडपुरकी २५ वर्षीया सरस्वती कुमारी उपाध्यायको मुत्यु भएको हो । 

लम्कीबाट धनगढी जादैँ गरेको सुदूरपश्चिम यातायात प्रालिको ना ७ ख ९३० नम्बरको बसले साईकल यात्रीलाई दिउँसो १ बजे ठक्कर दिएको थियो । 

गम्भीर घाईते उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक अनिश भण्डारीले जानकारी दिए ।  

बस चालक गोदावरी नगरपालिका ७ निवासी विष्णु भाट र बसलाई ईलाका प्रहरी कार्यालय बौनियाँले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ