arrow

जहाँ हजारभन्दा बढी जापानी सेना बने गोहीको शिकार

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
japan-army2.jpg

काठमाडौं । विश्वका धेरै खतरानक स्थानहरु रहेका छन् । यसमध्येमा पनि रामरी टापुको यात्रा जो कोहीका लागि  सम्भव छैन । यहाँ प्रत्येक कदममा मृत्यु सामुन्नेमा आउन पनि सक्छ । मनोरम दृश्य र साहसी कार्यले भरपूर रामरी टापुको कहानी पनि निकै खतरानक रहेको छ ।

म्यानमारको यो टापुमा अहिले पनि गोहीको राज रहेको छ । यो क्षेत्रका गोही निकै खतरानक हुन्छन् । यो टापु जनावरले मानिसलाई सबैभन्दा धेरै नोक्सानी पुर्‍याएको स्थानको रुपमा गिनिज बुक अफ रेकर्डमा समावेश छ । यसमा उल्लेख गरिएअनुसार सन् १९४५ मा घटेको एक घटनामा करिब १ हजार जापानी सैनिकहरु यहाँको पानीमा गोहीको शिकार बनेका थिए ।
 
यहाँका गोही २० फिटसम्म लामो र २ हजार पाउण्डसम्मको तौलका हुनसक्छन् । यी गोहीको पञ्जामा परेका मानिसलाई जिउँदो बच्नु असम्भवबराबर हो ।
 
दोस्रो विश्वयुद्धको समाप्तिपछि जापानी सैनिकले रामरी टापुमा कब्जा जमाएर आफ्नो क्याम्प बनाएका थिए । १९४५ को जनवरी २६ मा बेलायती सैनिकले रामरी टापुमा आक्रमण गरेका थिए । यो आक्रमणमा धेरै जापानी सैनिकले ज्यान गुमाएका थिए । बाँचेका करिब एक हजार सैनिक आफ्नो ज्यान बचाउन टापुको भित्री भागमा प्रवेश गरेका थिए ।

जहाँबाट केवल २० सैनिक मात्र गोहीबाट बचेर जिउँदो आउन सफल भएका थिए । बचेर आएका सैनिकले यस विषयमा एक किताब पनि लेखेका थिए ।  अहिले पनि यो टापुमा गोहीको राज रहेको छ । यहाँ आउने हरेक जनावर गोहीको शिकार हुने गरेका छन् । अहिले पनि बेलाबेलामा यहाँ गोहीले मानिस मारेको समाचार आइरहने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ