arrow

धान कुट्ने मुसलले हिर्काएर हजुरआमाको हत्या, लिटिरगाउँको जंगलबाट नाति पक्राउ

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
Death-body-nepali-simbol.jpg.jpeg

डडेल्धुरा । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको  हत्या आरोपमा नाति पक्राउ परेका छन् । 

सो गाउँपालिकाको कुँवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा  राधादेवी गिरीलाई धान कुट्ने काठ (मुसल)ले बुधबार राति टाउकोमा  हिर्काएका थिए । 

घाइते वृद्धलाई उपचार क्रममा अस्पताल लैजादा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

रोशनलाई अमरगढी नगरपालिका–११ फिन्नेकोटस्थित लिटिरगाउँको जंगलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ