arrow

दुईजनामा संक्रमण पुष्टि भएपछि पाँचपोखरी थाङ्पाल बन्द

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
swab-test-mugu.gif

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकको सबै काम असार १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

दोलखाबाट आएका पाँचपोखरी थाङ्पाल गाउँपालिका—६ का १० जनामध्ये दुई जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म जेठ २८ देखि असार १ गतेसम्म गाउँपालिका कार्यालय र वडाकार्यालयका अत्यावश्यक सेवा बाहेकको सबै काम बन्द हुने जनाएको छ । 

कोरोना संक्रमण देखिएका दुईजनालाई पुनः परीक्षण गर्नुपर्ने देखिएकाले सबै सेवा बन्द गर्नुपरेको निमित प्रशासकीय अधिकृत सञ्जयकुमार सिंहले हस्ताक्षर गरेको सूचनामा भनिएको छ । संक्रमित दुबै जनाको मेलम्ची नगरपालिकाको आइसोलेशन कक्षमा उपचार शुरु भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ