arrow

फेरि अर्का मृतकको पनि मृत्युपछि कोरोना पुष्टी, अर्घाखाँचीमा कोरोनाबाट मृत्यु हुने दुई पुगे

logo
घनश्याम पौडेल,
प्रकाशित २०७७ जेठ २९ बिहिबार
Death-body-nepali-simbol.jpg.jpeg

अर्घाखाँची। मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसि उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तीमा कोरोना पोजेटिभ पुष्टि भएको छ । 

परिक्षणका लागी पठाइएको स्वाब भेटिएको थिएन, भेटिएपछि परिक्षण गर्दा पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विकले बताए ।

मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

मालारानी गाउँपालिका वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षका एक पुरुषको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको र उनको स्वाब परिक्षणका लागी प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको थियो ।

घाटीको शल्यक्रिया समेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्विनी प्रादेसिक अस्पताल बुटबल रिफर गरिएको थियो ।

लुम्विनी प्रादेशिक अस्पतालमा उपचार पछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो ।

यसअघि अर्घाखाँचीमा भुमिकास्थानका एक युवाको भारतबाट आउँदै गर्दा मृत्यु भएको थियो ।

उनी कोरोना संक्रमितबाट मृत्यु भएको रिपोर्ट आएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ