arrow

मृत्यु भएका सुस्ताका युवकमा कोरोना पुष्टि

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ जेठ २९ बिहिबार
covid-test-positive-corona.jpg

नवलपरासी पश्चिम । बुधबार मृत्यु भएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता घर भएका ३५ बर्षिय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट घर फर्कने क्रममा बुधबार बिहान बेलहिया गेट पारीपट्टि सुनौली बजारमा मृत्यु भएका ती युवकले अचानक बान्ता गरेर ढलेका थिए ।

भारतीय पक्षले दिएको जानकारी अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । ‘मृतकको शवलाई भारतीय पक्षले भारतकै अस्पतालमा लगेको थियो । उनी पाल्पाका तीन जना साथीसँग बुधबार बिहान ४ बजे बसमार्फत सुनौली नाका आइपुगेका थिए ।

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकका अनुसार उनको स्वाबको परीक्षणमा कोराना पोजेटिभ देखिएकाले शबको भारतमै अन्त्येष्टि गरिने तयारी भइरहेको छ । पाठकले परीवारका सदस्यलाई शव देखाएर अन्त्येष्टि गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ