arrow

तीन महिनासम्म पनि भएन पेट्रोलियम मुल्य समायोजन

मे १६ पछि समायोजन हुन सक्छ : निगम

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
nepal-oil-corporation.jpg.jpeg
काठमाडौं। हरेक १५ दिनमा मुल्य समायोजन गर्ने आफ्नै निर्णय विपरित नेपाल आयल निगमले तीन महिनासम्म पनि पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न सकेको छैन। पछिल्लो पटक फेब्रुअरीमा मुल्य समायोजन गरेको निगमले मुल्य बढेको भएपनि अझै केहीदिन मुल्य समायोजन नगर्ने बताएको छ।
 
अबको १६ मे मा भारतीय आयल निगमले दिने तेलको मुल्यको आधारमा मात्रै मुल्य समायोजन गर्ने-नगर्ने विषयमा टुङ्गोमा पुगिने प्रवक्ता घिमिरेले जानकारी दिए। उनले यो उपभोत्ताको हितमा भएकोले पनि मुल्य समायोजन नै हुनुपर्छ भन्ने अवस्था नरहेको दाबी गरे। 
 
निगमले करिब साढे ४ महिनापछि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य गत फेब्रुवरी महिनामा मुल्य समायोजन गर्दै पेट्रोल प्रति लिटर ९९ रूपैयाँ डिजेल, प्रतिलिटर ७५ र मट्टितेल प्रति लिटर ७५ रूपैयाँमा विक्रि हुँदै आएको छ।
 
अहिले सीमानाकामा नेपालको भन्दा भारतको पेट्रोलियम पदार्थको मुल्यमा ११ रूपैयाँको अन्तर रहेको पनि प्रवक्ता घिमिरेले जानकारी दिए। उनका अनुसार पेट्रोलमा चार रूपैयाँ र डिजेलमा साढे तीन रूपैयाँ मुल्य बढेको भएपनि मुल्य समायोजन नभएकोले जनताले राहत पाईरहेकोले तत्काल समायोजन नगरिएको हो।
 
अहिलेको यो मुल्य अन्तराष्ट्रिय बजारमा २८ डलर हुँदाको मुल्य भएपनि अहिले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ४५.३७ डलर पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ