arrow

भारतमा हाल दैनिक दुई लाख कोभिड–१९ नमूना परीक्षण गर्ने क्षमता रहेको आईसीएमआरको भनाई

logo
एएनआई,
प्रकाशित २०७७ जेठ २९ बिहिबार
india-pcr-test.jpg

नयाँ दिल्ली। भारतले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को परीक्षण सेवा हाल  दैनिक दुई लाख व्यक्तिलाई दिनसक्ने क्षमता रहेको भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले बिहीबार जानकारी गराएको छ। आईसीएमआरका महानिर्देशक प्राध्यापक बलराम भार्गवले भारतमा अझै समुदायमा सङ्क्रमणको महामारी नरहेको पत्रकार सम्मेलनमा दावी गरे।

उनले भने, “भारतीय समुदायमा कोभिड–१९ को सङ्क्रमण महामारीको अवस्थामा रहेको छैन। भारतमा हालको दैनिक करिब डेढ लाख सङ्क्रमितको परीक्षण हुने गरेको र यसलाई अहिलेको संरचनामा दैनिक दुई लाख विरामीलाई परीक्षण सेवा दिन सकिन्छ। आवश्यकता अनुसार यसलाई बढाउन सकिनेछ।”

भारतको ग्रामिण क्षेत्रको तुलनामा शहर करिब एक प्रतिशत मात्र रहेको र सङ्क्रमण शहरी क्षेत्रमा जस्तो अवस्थामा गाउँमा नरहेको उनको दावी रहेको छ। भारत यति ठूलो मुलुक हो, जहाँ कोरोनाभाइरसको सङ्क्रमण निकै कम (एक प्रतिशतभन्दा कम) जनसङ्ख्या मा रहेको छ। यद्यपि राज्यले परीक्षण, सम्भावित विरामीको खोजीका साथै सङ्क्रमणलाई समुदायमा फैलिन नदिन क्वारेन्टिन र लक्षणका आधारमा विरामीलाई परिवार र समुदायका सदस्यबाट अलग पारी नियन्त्रण प्रयासलाई निरन्तरता दिनुपर्छ।

भारतमा केही दिन पहिलेसम्ममा नै ५० लाखभन्दा बढी व्यक्तिको सङ्क्रमण परीक्षण भइसकेको महानिर्देशक भार्गवले बताउनुभयो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ