arrow

श्रीलङ्काको संसदीय निर्वाचनको मिति फेरि तीन महिना पछि सारियो

logo
एएनआई,
प्रकाशित २०७७ जेठ २९ बिहिबार
corona-srilanka.jpg

कोलम्बो। श्रीलङ्काको संसदीय निर्वाचनको मिति फेरि तीन महिना पछि सारिएको निर्वाचन आयोगले बिहीबार जानकारी गराएको छ। सरकारले कोरोनाभाइरसको महामारीको कारण यही जुन २० मा गर्ने भनिएको निर्वाचनलाई आगामी अगस्ट ५ मा गर्ने घोषणा गरिएको हो।

कोरोनाभाइरसको सङ्क्रमण फैलिएकाले निर्वाचनलाई पछाडी सार्नु परेको आयोगका अधिकारीहरुको भनाइ छ। कोरोनाको प्रभावको अवस्थाका आधारमा अहिले निर्धारण गरिएको निर्वाचन पनि हुने वा नहुने भन्ने बिषयमा राजनीतिक नेतृत्वबीचमा दृढविश्वास भने देखिएको छैन।

कोरोनाबाट जोगिँदै निर्वाचन सम्पन्न गर्ने बारेमा यसै हप्ताको अन्त्यतिर नमूना निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोगले तयारी गरेको छ। आयोगका अनुसार सामाजिक दुरी कायम गर्दै मतदान, मतगणनालगायतका कार्यहरु गर्नेगरी तयारी भइरहेको हो। आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले निर्वाचनको तयारीका बारेमा बिहीबार विभिन्न सञ्चार माध्यमलाई जानकारी दिए। उनले यसअघि जारी गरिएको सूचनालाई संशोधन गर्दै नयाँ सूचना जारी गरिएको पनि बताए। 

संशोधित सूचनामा लेखिएको छ, “संसदीय निर्वाचनका लागि यही सन् २०२० को अगस्ट ५ मा मतदान गर्ने निर्णय गरिएको जानकारी गराइन्छ।”
श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षेले गत बर्षको मार्च २ तारिखका दिन संसद विघटन गरेका थिए। त्यसपछि उनले गत अप्रिल २५ तारिखका लागि निर्वाचनको मिति पनि घोषणा गरेका थिए।

अप्रिलका लागि तय भएको निर्वाचन सारेर यही जुन २० का लागि तोकिएको थियो। तर सारिएको मितिमा पनि निर्वाचन गर्न नसकिने भएपछि फेरि अर्को मिति तय गरिएको बताइएको छ।

श्रीलङ्कामा अहिले कोरोनाभाइरसका कारण कम्तीमा ११ जनाको मृत्यु भएको र दुई हजारभन्दा बढी सङ्क्रमित भएकाले निर्वाचन गर्न सकिने अवस्था नरहेको सरकारी अधिकारीहरुको भनाइ छ।

श्रीलङ्कामा अहिले पनि रातिको समयका लागि पनि निषेधाज्ञा आदेश जारी गर्दै बन्दाबन्दीलाई कडाइसाथ लागु गरिएको छ। विद्यालयहरु अर्को महिनामा मात्रै पूनः सञ्चालनमा ल्याउने प्रयास भएको र देशमा आउन चाहने विदेशी पर्यटकहरुलाई अगस्त १ सम्म भ्रमण अनुमति नदिइने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ