arrow

बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तिब्र

logo
एपी,
प्रकाशित २०७७ जेठ २९ बिहिबार
huawei-5g-uk.jpg

लन्डन। बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ। अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी गरेका कारण पश्चिमी मुलुकमा हुवावेका सामग्री बिक्रीमा कठिनाई उत्पन्न भइरहेको समयमा बेलायतको पछिल्लो संकेतले हुवावे उत्साहित भएको छ।

हुवावे चीनको विशाल प्रविधि कम्पनी हो। यसले तिब्र गतिको फाइब–जी दूरसंचार नेटवर्क विकास गर्नुका साथै सस्तो मूल्यमा मोबाइल सेट समेतका विद्युतीय सामग्री उत्पादन र बिक्री गर्दै आएको छ।

हुवावेको फाइब–जी प्रविधि मार्फत चीनले देशका महत्वपूर्ण सूचनामा पहुँच कायम गर्ने र त्यसको चोरी गर्ने सम्भावना रहेको अमेरिकी आरोप छ। तर हुवावेले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहेको छ। हुवावेका कारण चीन र अमेरिकाबीच विवाद समेत भइरहेको छ। यसैबीच क्यानाडाका दुई ठूला दूरसंचार प्रदायक कम्पनीले हुवावेका दूरसंचार उपकरण खरिद नगर्ने घोषणा गरेका छन्।



नयाँ