arrow

सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांस वितरण गर्ने 

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
century-bank.gif

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बिषम परिस्थितिले गर्दा शेयरधनीहरुलाई मुनाफाबाट दिने भनेको ४.७५ प्रतिशत रकम दिन नसकेको अवस्थामा ३ प्रतिशत अन्तरिम लाभांस बितरण गर्ने जनाएको छ।

आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.८,४१,५४,७१,५७६.३० को ४.७५ प्रतिशतले हुन आउने रकम रु. ३९,९७,३४,८९९.८७ वितरण गर्न स्वीकृत प्राप्त भए पनि हाल विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा उक्त स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारण सभा हुन नसकी अर्का सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको थियो।

केही राहत महसुस गराउने हेतुले उक्त स्वीकृत नगद लाभांसको ३ प्रतिशत रकम अर्थात् रु.२५,२४,६४,१४७.२८ बाट आवश्यक लाभांस कर कट्टी गरी हुन आउने लाभांस रकम रु. २३,९८,४०,९३९.९२ मिति २०७६ साल फाल्गुन ३० गतेसम्म कायम रहेका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा वितरण गर्ने यस बैंकको सञ्चालक समितिको निर्णय बमोजिम सम्पूर्ण शेयरधनीहरुलाई जानकारी गराएको छ।

साथै बाँकी रहेको नगद लाभांस र बोनश शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने बिहिवार जारी बिज्ञप्तीमा जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ