arrow

इजिप्टको अदालतले तोक‍्यो दुई पत्रकार सहित छजना नागरिकलाई मृत्युदण्ड

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
b8fb3adfd8834f6f89dcbdcd6fa69a02_18.jpg.jpeg
कायरो (इजिप्ट) । इजिप्टको अदालतले शनिबार एक विचाराधीन मुद्दाको फैसला सुनाउँदै दुई जना अलजजीराका पत्रकार सहित छजना नागरिकलाई मृत्युदण्डको सजाय तोकेको छ । 
 
उनीहरुमाथि सरकारविरुद्ध जासुसी गरेको र गोप्य कागजात कतारलाई उपलब्ध गराएको अभियोग लगाइएको सरकारी टेलिभिजन च्यानल नाइलले जनाएको छ । 
 
यसै मुद्दामा एजिप्टबाट निस्कासित गरिएका मोहम्मद मोर्सीलाई पनि आरोप लगाइएको भए पनि उनिमाथिको अदालती सुनुवाइलाई भने आगामी जुन १८ सम्मका लागि स्थगित गरिएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ