arrow

कांग्रेस बर्दगोरियाको निष्कर्षः अस्तव्यस्त क्वारेन्टाइनले नागरिकलाई सास्ती, चेकजाँच नहुँदा जोखिम     

logo
गोविन्द बीसी, 
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
103829997_261822788571325_8.jpg

बौनिया । नेपाली कांग्रेस बर्दगोरियाले गाउँपालिका अन्तर्गत रहेका सबै क्वारेन्टाइनको अनुगमन गरेको छ । थेग्न नसकिने गरि बनाइएका क्वारेन्टाइनमा व्यवस्थापन प्रभावकारी हुन नसकेको गुनासो बढेपछि अनुगमन थालेको कांग्रेस बर्दगोरियाले जनाएको छ । गएको जेठ २० गतेदेखि सुरु भएको अनुगमन बिहीबार सकिएको हो ।

अनुगमनका क्रममा अस्तव्यस्त र भरिभराउ क्वारेन्टाइनमा मानिसहरुलाई हुलेर स्थानीय सरकारको कोरोना नियन्त्रण तथा रोकथामको अभियान सफल र प्रभावकारी हुन नसक्ने कांग्रेस बर्दगोरियाको निष्कर्ष छ । क्वारेन्टाइनका नाउँमा अस्तव्यस्त पारेर नागरिकको स्वास्थ्य सुरक्षामा जनप्रतिनिधि गम्भीर नभएको ठहर समेत गरेको छ । 

गाउँपालिकाभर निर्माण भएका क्वारेन्टाइनको स्थलगत अनुगमनका क्रममा नागरिकको बसाई व्यवस्थापन राम्रो नभएको, स्वास्थ्य सुरक्षाका सामानको प्रवन्ध नभएको, खाना, नास्ताको व्यवस्थापन समेत नभएको, त्रिपालमा आश्रय लिएर गर्मी र पानीमा नागरिकले सास्ती भोगिरहेको कांग्रेस अनुगमन समितिका संयोजक एवं गाउँ कार्यसमिति सभापति गणेश शाहीले बताए । 

क्वारेन्टाइनमा रहेका नागरिकले अनुगमन समितिलाई गुनासैगुनासो राखेका छन् । उनीहरूले क्वारेन्टाइन अव्यवस्थित रहेको बताए । क्वारेन्टाइनमा हुलहुज्जत गरि मानिसहरुलाई हुलेर यसले संक्रमणको जोखिम बढेको बताए । सामाजिक दूरी कायम नहुने गरि सुत्ने बेडहरु नजिकै निर्माण गरिएकाले यो अवस्थामा कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम नभइ झनै फैलिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । 

यहाँ भन्दा हामी घरमै सुरक्षित साथ सेल्फ होम क्वारेन्टाइनमा बस्ने थियौं । वडा नम्बर(१ स्थित सानाकिसान सहकारी संस्थाको स्टोर भवन क्वारेन्टाइनमा रहेका प्रकाश ओडले भने । 

गाउँपालिका र वडाको समन्वयमा निर्माण गरिएका प्रायःजसो क्वारेन्टाइनमा खानेपानी, शौचालय र पंखाको समस्या देखिएको छ । त्यस्तै, मास्क, साबुन र स्यानिटाईजरको अभाव छ । पर्याप्त स्वास्थ्य जनशक्ति र सुरक्षा सामानको अभावमा स्वास्थ्य चेकजाँचको दायरा समेत प्रभावकारी नभएको कांग्रेसले जनाएको छ । 

खाना र नास्तामा समेत समस्या छ । गाउँपालिका भित्र सञ्चालित विभिन्न क्वारेन्टाइनको अवस्थाबारे बुझ्न कांग्रेसले अनुगमन गर्दा संक्रमणको जोखिमपूर्ण अवस्था देखिएको बताएको छ । नेपाली कांग्रेस बर्दगोरिया सभापति गणेश शाहीले भने–‘स्थानीय सरकारबाट क्वारेन्टाइन व्यवस्थापन प्रभावकारी भएन । मानवीय संवेदनशीलतालाई ख्याल नगरी मापदण्ड विपरीत निर्माण गरिएका क्वारेन्टाइनहरुमा बसाई व्यवस्थापन उपयुक्त नहुँदा झनै संक्रमणको जोखिम अप्रत्याशित रूपमा बढ्दै जाने सम्भावना देखिएको छ ।’

उनले स्थानीय सरकारलाई के सहयोग गर्न सकिन्छ भन्ने बारेमा पार्टीले निर्णय लिने बताए । अनुगमनका क्रममा नागरिकको स्वास्थ्य गम्भीरतालाई ख्याल गरि तत्काल केही सामान उपलब्ध गरि सानोतिनो सहयोग गरिएको बताए । क्वारेन्टाइन ब्यवस्थापनका लागि पहल गर्न अनुगमनपछि स्थानीय सरकारलाई ध्यानाकर्षण पत्रसहित अनुरोध गर्ने निर्णय लिएको उनले बताए ।’ 

क्वारेन्टाइनमा एउटै कोठामा धेरै मानिसलाई बाक्लो भीँडभाड हुनेगरि राखिएको, सामाजिक दूरी कायम नरहेको, ओछ्यानका सामान तथा नियमित स्वास्थ्य जाँच नगरिएको समेत क्वारेन्टाइनमा भेटिएको अनुगमन समितिका सदस्य प्रेमबहादुर गुरुङले बताए ।

गाउँपालिकाले खाना र खाजा बन्द गरेपछि अहिले क्वारेन्टाइनमा बसेका नागरिक घरबाट ल्याइएको खाना, खाजा खाने गरेका छन् ।

गएको जेठ १५ पछि भारतीय सीमा नाका भएर नेपाल प्रवेश गर्नेको संख्या बढेसंगै क्वारेन्टाइनमा थेग्न नसकिने अवस्था छ । स्थानीय तहमा पालिकाले निर्माण गरिएका क्वारेन्टाइनमा व्यवस्थापन गर्न पालिकालाई नै समस्या छ । 

क्वारेन्टाइनमा भारतका विभिन्न स्थानबाट नेपाल फर्किएका उनीहरूलाई सामान्य स्वास्थ्य चेकजाँच समेत नगरि राखिएको छ ।

अहिले क्वारेन्टाइनमा १४ दिन राखेर आरडीटी परीक्षणपछि नेगेटिभ देखिएकालाई घर पठाउने गरिएको छ । यसले स्वास्थ्य चेकजाँचको दायरा समेत प्रभावकारी नभएको स्थानीयले बताउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ