arrow

लकडाउन खुकुलो हुँदा साउदीमा ६ दिनमा २० हजार भन्दा बढी कोरोना संक्रमित, नेपाललाई पाठ 

logo
अरशद शेष राई,
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
saudi-arabia.jpeg

साउदी अरेबिया । साउदी अरेबियामा कोरोना भाइरसको महामारीलाई धेरै हदसम्म नियन्त्रणमा लिएपछि पुनस् देशलाई पटरीमा लैजानका लागि साउदी सरकारले लामो समयदेखि लगाएको लकडाउन खुकुलो गरेपछि साउदी अरेबियामा नोबेल कोरोना भाइरस अर्थात कोभिड  १९ महामारीका संक्रमितहरु केही दिन यतादेखि हवात्तै बढेका छन् ।

नोबेल कोरोना भाइरसको महामारीको संक्रमणलाई केही हदसम्म नियन्त्रणमा गरेपछि साउदी सरकारले देशैभर लगाएको लकडाउन ३१ मेदेखि बिहान ६ बजेदेखि राति ८ बजे सम्मका लागि लकडाउन  खुकुलो गरेपछि ६ दिनयता देखि कोरोना भाइरसका संक्रमितहरु एकाएक हवात्तै बढेका हुन् ।

साउदी अरेबियामा सरकारले मक्का शहर बहेकको ठाउँमा लकडाउन खुकुलो  गरेपछि कोभिड ( १९ महामारीका संक्रमितहरु ६ दिनदेखि दिनहुँ लगातार ३ हजार भन्दा बढी संक्रमितहरु भेटिएका छन जुन शनिबार देखि बिहीबार सम्म मात्रै २० हजार २ सय ७३ जना संक्रमितहरु भेटिएको स्वास्थ्य मंत्रालयको तथ्यांकले देखाउँछ ।

साउदी अरेबियाको राजधानी रियाद शहरमा मात्रै बिहीबार १ हजार ४ सय ३१ जना नयाँ कोरोना संक्रमितका साथ शिर्षमा रहदै एकैदिन साउदी अरेबियामा ३ हजार ७ सय ३३ जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका हुन् जुन साउदी अरेबियामा एकैदिन यति ठूलो संख्यामा संक्रमित भेटिएको अहिले सम्मको यो पहिलो पटक हो ।

बिहीबार नयाँ भेटिएका कोभिड (१९ संक्रमित मध्ये जद्दा २ सय ९४, मक्का २ सय  ९३, दम्माम २ सय १४, हाफुफ २ सय ६, अल (खोबर एक सय, अल (बुरैदा ७८, ताइफ ७७, अल मदिना ७४, अल ( मुर्बराज ५२, कताइफ ५२, धहरन ५० जना जस्तै संक्रमित रहेका छन् ।

कोरोना भाइरसका कारण साउदी अरेबियामा बिहीबार ३८ जनाको ज्यान गएको छ  भने कोरोना भाइरसको संक्रमित रहेका मध्ये बिहीबार एकैदिन २ हजार ६५ जना उपचारपछि रिकभर भई घए फर्किएका छन् । 

साउदी अरेबियामा बिहीबार सम्म उपचारपछि रिकभर हुने संक्रमितको जम्म संख्या ८० हजार १९ जना पुगेका छन् जबकि कोरोना भाइरसको बिहीबारसम्म जम्मा संख्या १ लाख १६ हजार २१ जना पुगेको छ  साउदी स्वास्थ्य मंत्रालयको तथ्यांकले देखाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण बिहीबारसम्म साउदी अरेबियामा ८ सय ५७ जनाको मृत्यु भइसकेको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।

साउदी अरेबियामा ३५ हजार १ सय ४५ जना सक्रिय कोरोना भाइरसका संक्रमित  रहेका छन भने १ हजार ७ सय ३८ जना कोरोना संक्रमित गम्भीर अवस्थामा रहेका साउदी स्वास्थ्य मंत्रालय जनाएको छ ।

नेपाललाई हुनसक्छ पाठ 
लकडाउन खुकुलो पारेसंगै कोरोना संक्रमित बढेको साउदीको घटनाबाट पाठ नेपाललाई पनि हुन सक्छ । 

पछिल्लो समय सरकारले बिना योजना लकडाउन लम्ब्याएको भन्दै व्यवसायीहरुले लकडाउनको उल्लंघन गरेपछि सरकार वाध्य भएर लकडाउन खुकुलो बनाउन लाग्यो । 

पछिल्लो ९ दिनमा २५ सय भन्दा बढी संक्रमित थपिइरहेका बेलामा सरकारले लकडाउन खुकुलो बनाइरहेको छ । यसले स्थिति झन् भयावह हुने देखिन्छ । 

सरकारले शैक्षिक संस्था, होटल तत्काल खोलेको छैन । सार्वजनिक यातायात नखोले पनि अन्य साधनहरु निर्वाध चलिरहँदा त्यसले पार्ने असरको मुल्यांकन गरेको छैन । 

त्यस्तै मानिसलाई हिँडडुलमा कुनै रोकतोक नलगाउने भएपछि त्यसले थप जटिलता आउने निश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ