arrow

किम जोङको नाटकिय उद्घोष : अब क्षेप्यास्त्रले तर्साउँदैन

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
Kim_Jong_UN.jpg.jpeg
प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले आफूले निशस्त्रीकरणका लागि संसारमा नै प्रयत्न गर्ने धारणा सार्वजनिक गरेका छन् । गएको जुन महिनादेखि कम्तीमा पनि ६ पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको उत्तर कोरियाका नेताले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै सो धारणा राखेका हुन्  ।
 
उनले भने, एक आणविक राष्ट्रका हैसियतमा उत्तर कोरियाले जिम्मेवार रुपले संसारमा नै निशस्त्रीकरणका लागि प्रयत्न गर्ने नै छ । साथै उनले आणविक अप्रसार सन्धीको पालनका साथै यस सन्धीको इमान्दार प्रयोगमा पनि उत्तर कोरियाले प्रयत्न गर्नेछ ।  कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा उनले यो धारणा राखेका हुन् ।
 
आणविक परीक्षणका कारण निकै विवादमा तानिएको भनिएको कोरियाको उक्त कदमको संसारमा नै विरोध भइरहेको भएपनि उनले यो पहिलो पटक यस्तो धारणा सार्वजनिक गरे । उनले आफ्नो देशले यस्तो क्षेप्यास्त्र परीक्षणको काम अरु कसैको खतराका लागि गरेको नभई आफ्नो देशका विरुद्धमा हुनसक्ने सार्वभौमसत्ताको हमलाका विरुद्धमा गरिएको पनि स्पष्ट गरे ।
 
नेता किमले उत्तर कोरियाले आणविक विकास र आर्थिक विकासको काम एकै पटक गरिरहेको जानकारी पनि सो सम्बोधनका क्रममा भनेका छन् । अहिलेको अवस्थामा र क्रान्तिकारी कारणले गर्दा देशमा आर्थिक विकासलाई पनि साथसाथै अघि बढाउन सजिलो नभएपनि गर्नु परेको उनको भनाई छ ।
 
किमले देशको आर्थिक विकासलाई अघि बढाउन आफ्नो पार्टीले कडा परिश्रम गरिरहेको जानकारी पनि सो सम्बोधन मार्फत दिए । 
 
राष्ट्रिय पुनःएकीकरण पहिलो एजेण्डा 
यसैबीच सोही सम्बोधनका क्रममा नै उनले राष्ट्रिय पुनःएकीकरण आफ्नो पार्टीको पहिलो एजेण्डा भएको धारणा राखे । उनले राष्ट्रिय रुपमा पुनःएकिकरणका लागि बहस चलाउने र त्यसका लागि आवश्यकता बोध गराउने काम आफ्नो पार्टीले गर्ने स्पष्ट गरे । यसका लागि दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने उनले व्यक्त गरेको बिचारमा उल्लेख गरिएको छ । 
 
राष्ट्रिय रुपमा एकीकरणको लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रुपमा नै बलियोसँग अघि बढाइने पनि उनले प्रतिबद्धता व्यक्त गरे  । उनले आफ्नो सम्बोधनमा भने, दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्छ र वास्तविक रुपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्छ ।
 
किमले यसरी आफ्नो सम्बोधनमार्फत दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई सकारात्मक रुपमा नै लिइएको बताइएको छ । साथै उनले दक्षिण कोरियालाई मुठभेडको मानसिकता त्याग्न र कानुनी एवम् अरु धेरै किसीमका बाधा ब्यबधानहरुलाई अघि सारेर एकीकरणका निम्ति पर्नसक्ने अप्ठेराहरुलाई विर्सेर व्यवहारिक रुपमा सम्बन्ध सुधारको मार्गमा लाग्न पनि आग्रह गरे ।
 
किमले सम्बन्ध सुधारका लागि वार्ता र सहमतिका माध्यमबाट अघि बढ्न सकिएमा यसले आगामी दिनमा सबैका लागि सहज हुने पनि बताए । दुवै देशका सबै तहमा वार्ता र सहमतिको वातावरणले नै दुवैतर्फको समृद्धिमा सहयोग पुग्ने भन्दै नेता किमले सार्थक वार्ताका माध्यमबाट नै सबै पक्ष सहमतिमा पुग्न सकिने बताए । सिन्ह्वा/एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ