arrow

मानसिक तनावलाई कसरी सम्हाल्ने ?

logo
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
swabhavdos.jpg

काठमाडौं । आफ्नो जीवनको कुनै कालखण्डमा जो कोहि मानसिक तनावको शिकार हुने गर्छन् । हाम्रो जीवनलाई, हाम्रो अवस्थालाई कसरी लिन्छौ। त्यो चिजसँग हाम्रो तनाव निर्धारित हुन्छ।  तनाव पारिवारिक, व्यवसायिक, जागीर वा अन्य कुनै हुन सक्छ।  यस खण्डमा तनाव कसरी सामना गर्ने त्यसको कारणसहित आध्यात्मिक आधार राखेका छौं । 

तल दिएको चित्रमा एक व्यक्तिले चार ठूलो भार उठाएको देखाइएको छ । व्यक्तिले बोकेको प्रत्येक बोझ जीवनको विभिन्न समस्याहरु दर्शाउछ । 


१. छोरी पढाईमा ध्यान दिदैन
२. जीवनसाथीसँग झगडा
३. बिरामी छोरा
४. आर्थिक समस्याहरु

अवचेतन मन एक निश्चित स्तरसम्म मात्र चिन्ता संभाल्न सक्छ । यो समस्याहरुको मात्रा, तीव्रता तथा कालावधिमा निरभर गर्दछ । जस्तै कि चित्र १ अ मा दर्शाएको छ कि, व्यक्ति आफ्नो जीवनमा वर्त्तमान समस्याहरुको मात्रा आफ्नो व्यवहारमा संभाल्न सक्षम छ ।


 
१. छोरी पढाईमा ध्यान दिदैन
२. जीवनसाथीसँग झगडा
३. बिरामी छोरा
४. आर्थिक समस्याहरु
५. पराल जसले ऊँटको ढाड भाँच्यो – पदोन्नति (promotion)  नहुनु र मोबाइल नभेट्नु

दोस्रो आकृति १ आ मा देखाएको जस्तौ, जब अतिरिक्त समस्या जस्तै पदोन्नति नहुनु व्यक्तिको चिन्तालाई अधिक बढाइ दिन्छ, तब यस प्रकारको तनावको प्रकटीकरण स्वाभाविक हुन जान्छ । यहाँ ‘पदोन्नति नहुनु’ त्यो उखान समान बन्न जान्छ, ‘पराल जसले ऊँटको ढाड भाँच्यो’, जसले व्यक्तिलाई निराशा अनि नकारात्मक मनतर्फ धकेलि दिन्छ । प्रसंग जुन उखानमा जस्तै अन्तिम पराल बन्न जान्छ, व्यक्तिको व्यक्तित्व अनुसार फरक हुन सक्छ । यो एउटा ठूलो प्रसंग जस्तै पदोन्नति नहुनुको रूपमा हुन सक्छ अथवा मोबाईल नभेटाउनु जस्तो सानो प्रसंग पनि हुन सक्छ । यी दुबै प्रकारको प्रसंगहरु व्यक्तिलाई शीर्ष बिन्दु (tipping point)  सम्म लैजान सक्छ अनि यसले निराशाको स्थितिमा धकेलि दिन्छ । बाहिरको व्यक्तिलाई यस्तो लाग्न सक्छ कि व्यक्तिको प्रतिक्रिया प्रसंगानुसार उचित थिएन । तर बाहिरको व्यक्तिहरुले यो देख्न सक्दैन्न कि पहिला भएको प्रसंगको श्रृंखलाहरु, बढि रहेको एक माथि अर्को समस्याहरु र अन्तिम पराल जसले अंतत: व्यक्तिलाई निराशाको खाल्टोमा धकेलि दिन्छ । व्यक्तिको तनाव सामना गर्ने अक्षमता र तनाव दु:खको कारण बन्दछ ।

जीवनमा तनाव सामना गर्ने हाम्रो क्षमतालाई  कुन कारकले प्रभावित गर्छ ?
एक व्यक्तिको तनाव समाना गर्ने क्षमता तनाव सामना गर्नको लागि कति ऊर्जा उपलब्ध छ, यसमा निर्भर गर्दछ । जब स्वभावमा अनावश्यक गुणहरु (स्वभाव दोष) तथा अधूरो कार्य हुन्छन्, तब उपलब्ध मानसिक शक्ति अल्प हुन्छ ।


 
स्वाभाव दोष जुन हामीले पहिला उल्लेख गरेका छौं कि जस्तै क्रोध, भय, अल्छि, निर्णय लिन नसक्ने, झूट बोल्ने, निराशावादी हुने इत्यादि लक्षणहरु हुन् । त्यस्ता अवांछित गुणहरु दिनभरि हाम्रो विचारहरुलाई  व्यय गरि हाम्रो मानसिक शक्तिलाई क्षीण गरिदिन्छ । 

अपूर्ण कार्यहरु अर्थात, पहिला भएको दुखदायी घटनाहरु, जसले व्यक्ति अहिले पनि भयभीत छ एवं जसको कारण तनाव पनि उत्पन्न हुन्छ । उदाहरणको लागि, जब कुनै विद्यार्थी कुनै परीक्षामा अनुतीर्ण हुन्छ, तब यसले अत्यधिक चिन्ता तथा निराशा उत्पन्न हुन्छ । यो स्मरण गर्दा नै उ कसरी अनुतीर्ण भयो तथा यो कुराले भयभीत पनि हुन्छ कि यदि जीवनमा पुनः अनुतीर्ण भयो भने, भूतकालमा जस्तै पुनः कष्ट झेल्नु पर्छ । त्यसैले उ;को मन यो अपूर्ण कार्यको बोझ झेलि रहन्छ । 

अपूर्ण कार्य मनलाई जीवनमा हुने तनाव तथा चिन्ता प्रति एक विशिष्ट ढङ्गले प्रतिक्रिया दिनको लागि पोषित गर्दछ । यहि उदाहरणलाई हेर्यौं, परीक्षामा असफल भएको कारण आएको निराशाले व्यक्ति जीवनको अन्य क्षेत्रहरुमा असफलताको लागि पनि प्रतिक्रिया स्वरूप निराश अथवा व्यसनमा लत लाग्दछ । पूर्ण गर्नको लागि लामो सूची पनि तनावको कारण बन्दछ अनि अपूर्ण कार्यमा अझै वृद्धि हुन सक्छ ।

त्यसैले जब अनेक स्वभाव दोषहरु तथा केहि अपूर्ण कार्यहरु छन्, तब अवांछित गुणहरु तथा अपूर्ण कार्यहरुबाट उत्पन्न चिन्तालाई निष्क्रिय बनाउनको लागि अधिक मानसिक शक्तिको उपयोग हुन्छ । परिणामस्वरूप, विभिन्न व्यकतिहरुमा समान तनाव झेल्नको लागि फरक मात्रामा शक्ति उपलब्ध हुन्छ । त्यसैले व्यक्तिको जीवनमा तनाव सामना गर्ने अक्षमता तथा दु:खको कारणको जन्म मुख्यतः मूलभूत अवांछित स्वभावदोषहरु एवं चिन्ता पूहिलाको घटनाहरु अथवा अपूर्ण कार्यहरुको कारण हुन्छन् ।

तनावका कारक – स्वभाव
परिस्थिति आफैमा कहिले तनावपूर्ण हुँदैन यो अर्को महत्वपूर्ण कुरा हो ।  व्यक्ति यसलाई कसरी हेर्दछ, यसमा निर्भर गर्दछ । व्यक्ति परिस्थितिलाई कसरी हेर्दछ यो उसको स्वभावमा निर्भर गर्दछ । उदाहरणको लागि, पार्टीमा जान अधिकतर व्यक्तिहरुकोलाई सुखदायक अवसर हुन्छ सक्छ  तर गम्भीर व्यक्तिको लागि यो एक तनावयुक्त प्रसंग बन्न जान्छ । आगाडि दिएको तालिकामा केहि उदाहरणहरु दिएका छन् कि कसरी स्वभावदोष कूनै परिस्थितिलाई तनावपूर्ण बनाई दिन्छ ।

अवांछित स्वभावदोष       परिस्थिति जुन तनावको कारण बन्न जान्छ
१. आत्मविश्वासको अभाव       जागीरका लागि अन्तर्वार्ताको लागि जानु, एक चुनौतीपूर्ण परिस्थिति
२. भावनाशीलता                   हजुरआमाले दिनुभएको औंठी हराउनु
३. लजालुपन                         विपरीत लिङ्गको व्यक्तिसँग कुराकानी गर्नु
४. भावनाप्रधानता र अपेक्षा      परिवारको सदस्य अथवा घनिष्ठ मित्रसँग विवाद हुनु

मुख्य कुरा, व्यक्ति जसमा अल्प स्वभावदोष तथा अल्प अहं छ अत्धिक तनावदायक परिस्थितिहरु पनि राम्रोसँग सामना गर्न सक्छ । यसको विपरीत अधिक स्वभावदोष भएको व्यक्ति कुनै पनि तनावको स्थितिमा पहिला नै हार मान्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ