arrow

कम रफ्तारमा कोरोना, भारतको समुदायस्तरमा छैन फैलिएको

logo
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
india-up-migrants-rail-corona.jpg

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको यहाँको एक अनुसन्धानबाट पत्ता लागेको समाचारमा जनाइएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले सो कुराको जानकारी दिएको हो ।

उक्त संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस फैलिएको नपाएको शुक्रबार दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनले भारतमा निकै कम रफ्तारमा मात्र कोरोना भाइरस फैलिएको पाइएको पनि एक अनुसन्धानबाट देखिएको जानकारी गराएको बताइएको छ । 

उनले भारतका ग्रामीण तहा साना जिल्लाहरुमा कोरोनाको संक्रमण दर एक प्रतिशत मात्र रहेको र सहरमा यसको संक्रमण दर एक प्रतिशतभन्दा केही मात्र बढी देखिएको बताए । तर भारतको जनसंख्या धेरै रहेकोले यदि समुदायमा फैलिन थालेमा यसबाट ठूलो क्षति हुने पनि उनले बताए । यसैकारणले पनि भारत सरकारले कोरोना भाइरसको परीक्षणको दायरालाई अझ व्यापक बनाउनुपर्ने जानकरी दिए । 

उनले अहिले भारतमा हरेक दिन एक लाख ५० हजार जनाको परीक्षण गर्ने गरिएको बताए । तर भारतसँग दिनमा कम्तीमा पनि दुई लाख जनाको परीक्षण गर्न सकिने क्षमता रहेकोले परीक्षणको संख्यालाई  पनि दिन प्रतिदिन बढाउदै लैजानुपर्ने सुझाव दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ