arrow

तालिबानसँग वार्ता गर्न राष्ट्रपति घानी तयार, शान्ति वार्ता दोहामा

logo
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
afghanistan-president-ghani1.jpg

एएनआई. काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार भएका छन् । उनी दोहा वार्ताका लागि तयार भएको अफगानिस्तानका लागि कतारको विदेश मन्त्रालयका विशेषदूतले जानकारी दिएका हुन् ।

अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिएको समाचारमा जनाइएको छ । अफगानिस्तानको राष्ट्रिय मेलमिलापसम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहसँगको वार्तापछि उहाँले उक्त वार्तामा जानका लागि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सहमति जनाएको जानाकरी दिएको विशेषदूत क्वातानीले जानकारी दिएका हुन् ।  

अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति वार्ताका लागि सम्झौता गरेको थियो । गत फेब्रुअरी महिनामा दोहामा भएको सो शान्ति वार्तासम्बन्धी सम्झौतामा अमेरिका, अफगानिस्तान र तालिबानका तर्फबाट हस्ताक्षर भएको थियो । 

त्यस सम्झौतामा यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम राखे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौज अफगानिस्तानबाट फिर्ता गर्ने बताइएको छ । त्यसबमोजिम अमेरिकाले सैनिक फिर्ता गर्ने प्रक्रिया पनि थालिसकेको छ ।

चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा गरिएको छ । उक्त युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएका समाचारहरु आइरहेका छन् । 

यसअघि अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिबान संगठनले पनि दोहा सम्झौताबमोजिम वार्ता गर्न स्वीकार गरेको छ । अब तालिबानहरुले अफगान सरकार र अमेरिकासँग पनि संयुक्त रुपमा वार्ता गर्ने उल्लेख छ ।

सम्झौतामा हस्ताक्षर हुनुअघि अफगानिस्तानमा करिब एक हप्ता लामो युद्धविराम भएको थियो । उक्त सम्झौताले अफगानिस्तानमा युद्ध अन्त्यका लागि एउटा शक्तिशाली मार्ग प्रशस्त गर्ने सम्भावना रहेको अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ