arrow

सीमा अतिक्रमणबिरुद्ध तीन करोड नेपालीको एउटै आवाज 'नझुकुन् हाम्रा शिरहरु'

logo
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
najhukun.jpg

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेसँगै नेपाल सरकारले हालै लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा सार्वजनिक गरेको छ । सोहि सन्दर्भलाई लिएर तीन करोड नेपालीको एउटै आवाजलाई समेटेर 'नझुकुन हाम्रा शिरहरु' बोलको राष्ट्रिय गीत सार्वजनीक गरिएको छ । 

उत्तम केसीद्वारा लिखित गीतमा सीडि विजय अधिकारी र मनिषा राइको स्वर रहेको छ । अहिले देशले उठिरहेको बिषय हम्रो भुमि जोगाउन हामी आइ लाग्ने माथि जाइ लग्न कहिले पनि पछि पर्ने छौनौ गीतका लेखक उत्तम केसी भन्छन,' अब यो भारतको थिचो मिचो सहने छैनौ भन्ने मूल संदेश दिनको लागि यो गीत लेखेको हुं ।'

गीतमा नेपाल कलाकसंघका अध्यक्ष रबिन्द्र खड्कासहित मोहोन निरौला, लय संग्रौला, जितु नेपाल, गोपाल ढकाल, सुभेक्ष्य थापा, उत्तम केसी लगायतका कलाकार संघ सम्पूर्ण कलाकर्मिहरुको अभिनय रहेको छ ।गीतको निर्देशन जीवन शाहीले गरेका छन् भने यसको निर्माण साई राम पिक्चर्स प्रालिका प्रवन्ध निर्देशक शम्सेर श्रेष्ठले निर्माण गरेका हुन् ।

'गीत तीन करोड नेपालीको आवाज बोकेको गीत हो' निर्माता शमसेर श्रेष्ठले भने,' राष्ट्रियताको सवालमा सारा नेपाली एक हुनुपर्छ भन्ने सन्देश, राष्ट्रियता र माटो प्राणभन्दा प्यारो हुन्छ । देश पार्टी परिवार भन्दा माथि हुन्छ ।'

राष्ट्रियताको बिषय कोहि पक्ष विपक्ष प्रतिपक्ष हुदैन यदि कोहि राष्ट्रियताको बिषयमा प्रतिवाद गर्छ भने त्यो देश द्राही हो भन्ने भन्ने मूल लक्ष्यको साथ गीत निर्माण गरि सार्वजनिक गरिएको निर्माता श्रेष्ठले बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ