arrow

पाकिस्तान सरकारमा सेना हावी हुँदै, लोकतन्त्रको भविष्यमाथि प्रश्न

logo
एजेन्सी,
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
pakistan.png

दुवई। पछिल्लो समय पाकिस्तानी सरकारमा सेनाको पकड बलियो हुँदै गएको विश्लेषण शुरु भएको छ। ईमरान खान सरकारले कोरोना संक्रमण रोक्न गरेको लकडाउनप्रति सेनाले असन्तुष्टि जनाएसँगै उक्त अडकल शुरु भएको हो। कोरोना संक्रमणमा गरेको लकडाउन खुकुलो भएको र कडाई गर्न पर्ने सेनाका प्रवक्ताले सार्वजनिक अभिव्यक्ति दिएसंगै पाकिस्तानको राजनीतिमा सेना हावि हुँदै गएको आंकलन गरिएको छ। चीन सरकारको परियोजना बिआरआइको काम गराईमा पनि सेनाले आफ्नो असन्तुष्टि जनाएको छ।

पाकिस्तान सेना प्रमुख कमार जावेद बाज्वाले बिदेशनीति र सुरक्षानीति भन्दा पर आर्थिकनीतिका लागि व्यवसायीहरुसँग भेटघाट बढाएको सूचना बाहिर आएको थियो। उनले पाकिस्तानको आर्थिक अवस्था र आर्थिक प्रगतिका लागि योजनाहरुमा ढलपल गरेको बताईएको छ। बाज्वालाई नोवेम्बर २०१९मा तीन बर्षका लागि सेनाको कमान सुम्पिईएको थियो। ईमरान खान सरकार आएपछि धेरै महत्वपुर्ण स्थानहरुको जिम्मा सेनाका अवकाशप्राप्तहरुले पाएको गल्फन्युजले जनाएको छ।

पाकिस्तान अन्तराष्ट्रिय एयरलाईन्स, विद्युत प्राधिकरण, राष्ट्रिय स्वास्थ्य संस्था लगायतको कमाण्ड अवकाश प्राप्त सेनाहरुको हातमा रहेको छ। पाकिस्तानको अर्थतन्त्र ओरालो लाग्नु, ईमरान खानका नजिकका मानिसहरु भ्रष्टाचारमा मुछिए पछि खानले सेनालाई विश्वास गर्न थालेको बताईएको छ। संसदमा ४६ प्रतिशत सिट रहेको खानको सरकारले सेनामा विश्वास गर्नु पाकिस्तानमा लोकतन्त्रका लागि खतराका रुपमा हेरिएको छ।

सेनाले पाकिस्तानमा धेरै समय शासन गरेको हुनाले सेनाको उपस्थिती जहिल्यै बलियो हुन्छ। ईरान खानको उदय पछि जनताहरुले लोकतन्त्र संस्थागत हुने आश गरेका थिए तर खानले पनि सेनामा विश्वास गरे पछि नागरिकहरु निराश भएका छन्। पाकिस्तानी टेलिभिजनमा कोरोनाको स्थितिबारे अपडेट दिनकालागि सेनाले सरकारलाई सहयोग गरिरहेको छ। ईमरान खानका संचार सल्लाहकार अवकाशप्राप्त लेफ्टिनेन्ट जेनरल असिम सलिम बाज्वा रहेका छन्।

ईमरान खान सरकारमा रहेका १२ जनाले सैनिक तानाशाहा परवेज मुशर्रफसँग नजिक भएर काम गरेका थिए। ति मध्य अब्दुल हाफिज सईद ईमरान खानका आर्थिक सल्लाहकार रहेका छन्। त्यसैगरि मुशर्रफसँग नजिक रहेर काम गरेका ईजाज शाह गृहमन्त्री रहेका छन्।

पाकिस्तानमा सेनाको प्रभाव सरकारमा बढ्दै गएको आभाष जनसाधारणले पनि गर्दै गईरहेका छन्। पाकिस्तान सरकारको सस्तो घर बनाउने परियोजना नयाँ पाकिस्तान हाउजिङ कार्यक्रममा सहयोगका लागि दुई सेनाका अधिकारीहरुलाई भर्खर नियुक्त गरिएको छ। उक्त कार्यक्रमका प्रमुख जैगाव रिज्वीले सेनाले काम गर्न जान्दछ भन्दै उक्त नियुक्तीको बचाउ गरेका छन्।

कोरोना संक्रमणको सुरुवाती समयमा पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले देशवासीलाई शान्त रहन अपिल गरेका थिए। उक्त अपिलको भोलिपल्ट सेनाले लकडाउनको घोषणा गरेको थियो। त्यसैगरि कोरोनाकाबारे जारी गरिएको प्रेस विज्ञप्तिहरु सेनाले ड्राफ्ट गर्ने गरेको छ। पाकिस्तानमा लोकतन्त्र कहिल्यै पनि खुलेर फुल्न पाएको छैन। फेरि पनि बिस्तारै सबैतिर सेना हावी हुँदै गएको देखिएपछि लोकतन्त्रमाथि कालो बादल मडारिरहेको हो त भन्ने प्रश्न उठ्न थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ