arrow

घर फर्कने क्रममा पुरुषको निधन, कोभिड–१९ बाट मृत्यु हुने सोह्रौं

logo
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
dead2.jpg

काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ बाट शुक्रबार थप एक जना मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्घाखाँची मालारानी गाउँपालिका–४ का ५७ वर्षका पुरुषको निधन भएको बताए । 

गत बुधबार लुम्बिनी अस्पताल बुटवलबाट उपचार गरी घर फर्कने क्रममा कोद्रे खोला नजिक उनको निधन भएको हो । 

उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आई सोही ठाउँको सार्वजनिक आधारभूत माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए  । क्वारेन्टिनमा बसेका बेला स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । 

मन्त्रालयका प्रवक्ता डा गौतमले मृत्युपछि उनको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बिहीबार जेठ २९ गते कोभिड–१९ को संक्रमण देखिएको बताए । 

उनसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ