arrow

करीनालाई आमाको यस्तो सजाय

logo
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
kareena-kapoor.png

काठमाडौं । मानिसको आ-आफ्नै बानीहरु हुन्छन् । बलिउड अभिनेत्री करीना कपूरको एक बानी भने निकै अचम्मको छ । बाल्यकालमा करीनाले नङ चुस्ने भएको कारण उनलाई आमाले सजाय दिन्थिइन् ।  उनको नङमा आमाले खुर्सानीको धुलो हाल्ने गर्थिन् ।

बानीको खुलासा गर्दै करीना भन्छिन्, 'मलाई याद छ मेरी आमाले मेरो नङमा खुर्सानीको धुलो लगाइदिनुहुन्थ्यो ताकि म मेरो नङ नचुसु । तर यो त्यस्तो बानी हो , जसलाई म त्याग्न सक्दिन।'

करीनाको आमा बबिता कपूर हुन् । बलीउडका कपूर खानदानकी बुहारी बबिताका अभिनेता हरि शिवदसानीकी छोरी हुन् । बबिताले  ‘राज’, ’फर्ज’, ’हसीना मान जाएगी’, ’आज, कल और आज’, ’किस्मत’, ’एक श्रीमान एक श्रीमती’, ’डोली’, ’अनमोल मोती’, ’अंजाना’, ’पहचान’, ’जीत’ सहित धेरै फिल्ममा काम गरेकी छन् । १९७१ मा बबिताले राज कपूरका जेठा छोरा रणधीर कपूरसँग बिबाह गरिन् ।

दुबैबाट कान्छि छोरीको रुपमा जन्मिएकी करीना कपूर बाल्यकालदेखि नै फिल्मको सेटहरूमा जाने गर्थिइन्। अमिताभ बच्चनको फिल्म 'पुकार' को सेटमा  करीना आफ्नो बुबा रणधीर कपूरसँग फिल्मको सेटहरूमा पुग्ने गरेकी थिइन् ।

एक सादा तस्विरमा श्वेता बच्चन र करिश्मा कपूर पनि देखिन्छन्। अमिताभ बच्चनले केही समय अघि फिल्म 'पुकार' को सेटको पुरानो तस्वीर शेयर गरेका थिए। फोटो शेयर गरेर अमिताभले भनेका थिए, 'करीना आफ्नो बुबासँग सेटमा आउँथिइन् । यो सेट गोवाको हो । उनको खुट्टामा चोट लागेको थियो। यसपछि, मैले उनलाई औषधि लगाइदिए।'

फिल्मा सुरुवाती दिनमा करीनालाई कोरियोग्राफर सरोज खानले सेटमा गाली गर्थिए । सो समय करीना डराउँछिन् । सरोज खानले  उनलाई यी केटीले कम्मर हल्लाउँदै रातभर के गर्दैछिन् भन्दै गाली गर्थे । त्यसपछि करीना एक मास्टरले हप्काउदा विद्यार्थी थुरुरु भए झै हुन्थिइन् ।

एक चलचित्रमा उनले अक्षय कुमारलाई  थुकिन् । सुटिङको क्रममा करीनाले एउटा दृश्य गरिरहेकी थिइनन् जसमा उनले बच्चालाई डेलिभरी गर्ने क्रममा बाहिर धकेल्नु थियो । उनी ठूलो स्वरले कराउँदै थिई। तर उनले यो महसुस गरिन्न् की उनले अक्षय माथि पटक पटक थुकि रहेकी थिइन् ।

करीना कपूरले सैफ अली खानसँ सन् २०१२ मा विवाह गरिन् । उनीहरुको फिल्म 'टशन' को सुटिङका क्रममा प्रेम बसेको थियो । सो समय करीना सैपका लागि पागल बनेकी थिइन्  । सैफ करीनाभन्दा १० बर्ष जेठा छन् । उनका दुई सन्तान पनि छन् ।

करीनाले भनिन्, 'केहि समय डेट गरिसकेपछि सैफले भनेका थिए उनि २५ बर्षका युवक होइनन् र सधै मलाई घरसम्म छोड्न सक्दैनन् ।  सैफले मेरो आमासँग भनेका थिए उनि आफ्नो पुरा जिवन मसँग बिताउन चहान्छन् । त्यसपछि हाम्रो विवाह भयो ।'

केहि बर्ष डेटपछि सैफ र करीनाले १६ अक्टोबर २०१२ मा विवाह गरेका थिए । यसभन्दा पहिले सैफ अली खानले अमृता सिंहसँग विवाह गरेका थिए । उनिहरु बिच सम्बन्धविच्छेद भएको थियो । सैफ र अमृताका दुई सन्तान रहेका छन् सारा अली खान र इब्राहिम अली खान। करीना कपूर खानबाट सैफको एक छोरा रहेका छन् तमूर।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ