arrow

स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित, जिल्लामा संक्रमितको संख्या ६० पुग्यो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
corona-niko-test.jpg

स्याङ्जा। स्याङ्जामा थप २२ जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गल्याङमा १८ जना थपिएका छन् । त्यस्तै वालिङमा २ जना अर्जुन चौपारी १ जना र ठेगाना नखुलेको १ जना रहेका छन् ।

अर्जुनचौपारीको ३ बर्षका बालक र ठेगाना नखुलेका ४ बर्षका बालकमा समेत कोरोना संक्रमण भेटिएको छ ।
भारतबाट आएर क्वारेन्टिनमा बसेका वालिङका ३३ र ३५ बर्षका पुरुषमा देखिएको छ भने गल्याङमा ६६,४४,१६,२०,१८,२९,३५,२३,१५,४५,२५,२०,३१,२५,२०,२०,२४,३५ बर्ष उमेरका पुरुष रहेका छन् ।

उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिए।

योसँगै जिल्लामा संक्रमितको संख्या ६० पुगेको छ, ३ जना निको भए भने १ जनाको ज्यान गईसकेको छ। संक्रमितको संख्या बढ्न थाले सगै स्याङ्जामा आइसुलेसनको समस्या देखिने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ