arrow
ADVERTISEMENT

सरकारको नीति तथा कार्यक्रम : एक घर एक रोजगारी

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
niti-karekarm.jpg.jpeg
काठमाडौं । सरकारले आफ्नो पपुलिष्ट नीति तथा कार्यक्रमा रोजगारीलाई बढावा दिने नीति ल्याएको छ । आइतबार व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रोजगारी प्रवद्र्धन गर्दै ‘एक घर एक रोजगारीको नीति’ उल्लेख छ । 
 
युवाहरु विदेशीने क्रमलाई रोक्न सरकारले यस्तो कार्यक्रम ल्याएको र जनशक्ति व्यवस्थापनका लागि समेत यस कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने बताइएको छ । यस्तै, नीति तथा कार्यक्रममा सरकारले कृषि र उर्जामा समेत जोड दिएको छ । विभिन्न रणनीतिक योजना बताउँदै सरकारले वर्षका आधारमा आर्थिक तथा सामाजिक समृद्धिको अवधारणा ल्याएको छ । 
 
प्रादेशिक संरचनालाई मध्यनजर गर्दै सरकारले एउटा प्रान्तमा एक जलाशाययुक्त आयोजना बनाउन अध्ययन प्रभारम्भ गर्ने सरकारको कार्यक्रम छ । निर्माणाधीन भौतिक पूर्वाधारहरुको निर्माण कार्य र स्तरोन्नतिलाई तत्काल तीब्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ