arrow

क्वारेन्टिनमै जन्मियो शिशु

logo
प्रकाशित २०७७ जेठ ३१ शनिबार
birth.jpg

प्युठान। क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन्  ।

श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बसेकी सरस्वतीले  गए राति क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।  अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी  गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ