बाइडेनसँगै चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवारको छनौट हुदै
एपी,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
552
Shares
वासिङ्टन। अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन्। ती आकांक्षीहरुको नामावलीलाई साघुँरो बनाउने कार्य भइरहेको पार्टीका नेताहरुले जानकारी दिएका छन्।
पुर्व उपराष्ट्रपति समेत रहेका बाइडेनको समुहबाट उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्नका लागि धेरै नेताहरुले आकांक्षा देखाएका छन्। आकांक्षीहरुको सूचीमा धेरै अश्वेत अमेरिकी महिलाहरु समेत रहेका थिए।
आकांक्षीहरुलाई मिलाउनका लागि बनाइएको सर्च कमिटिले आकांक्षीहरुसँग पटक पटक छलफल गरेर उम्मेदवारहरुको संख्या घटाउने प्रयास र प्रक्रियाहरु भइरहेको जनाएको छ। प्रारम्भिक अन्तर्वार्ताहरु र छ चरणको प्रक्रिया गरिएको उनीहरको भनाई छ।
यति प्रक्रिया गर्दासम्म मस्साचुसेट्सको एलिजाबेथ वारेन, क्लालिफोर्नियाको कमाल हरिससँगै तत्कालीन राष्ट्रपतिपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइस आकांक्षीको सूचीमा छन्।
अमेरिकामा यसै बर्षको अन्त्यतिर हुने निर्वाचनका लागि दल तथा नेताहरुले चुनावी कसरतलाई तिब्रता दिएका छन्।