arrow

भारतीय पत्रिकाले गुञ्जी, कुटी र नावीका सरकारी अधिकारीलाई अघी सार्दै राख्यो भारतीय दावी

logo
प्रकाशित २०७७ जेठ ३१ शनिबार
navi-toi.jpg

काठमाडौं। भारतको नियन्त्रणमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेर संविधान संसोधन प्रस्ताव संसद पारित शनिवार गर्दैछ। एकमतका साथ संविधान संसोधन हुन लागेको बेलामा भारतीय मिडियाहरु सो क्षेत्र आफ्नो भएको दावी सहित जोडतोडका साथ समाचार प्रवाह गर्न लागिपरेका छन्।

भारतीय संचार माध्यम टाइम्स अफ इण्डियाले नेपालले आफ्नो नक्सामा राखेको उत्तराखण्डको गुञ्जी, कुटी र नावी भारतको कर्मचारीतन्त्रमा कैयन कर्मचारी दिएको आफ्नो भूभाग भन्दै समाचार लेखेको छ। भारतीय सरकारको कर्मचारीतन्त्रमा ति गाउँबाट कैयन कर्मचारीहरुले सेवा गरिरहेको टाइम्स अफ इण्डियाले लेखेको छ।

३ हजारको हाराहारीमा जनसंख्या रहेको ती तीन गाउँबाट आधा दर्जन आइएएस, आईपीएस र अन्य धेरै पीपीएस र पीसीएफ रहेको दावी गरेको छ। १९९७ व्याचको एक आइपीएस अधिकारी सञ्जय गुञ्ज्यालको नाम उल्लेख गर्दै टाइम्स अफ इण्डियाले उनी अहिले कुम्भ मेलाको आइजी रहेको जनाएको छ।

२००४ को व्याचको राज्य प्रहरी सेवाका अधिकारी विमल गुञ्ज्यालको नाम समेत उल्लेख गर्दै सो पत्रिकाले अर्का अधिकारी धिरेन्द्र सिंह गुञ्ज्यालको नाम समेत राखेको छ। नावीका पीसीएस अधिकारी अजय सिंह नावियाल पछि आइएएस अधिकारी भएको समेत सोहि ठाउँको रहेको पत्रिकाले लेखेको छ।

नेपालको नक्सामा रहेको क्षेत्रका स्थानिय, त्यहाँका वर्तमान अधिकारी र रिटायर्ड अधिकारीको भनाइ उदृत गर्दै पत्रिकाले सो क्षेत्रलाई विवादमा पार्नु दुर्भाग्य भनेर लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ