arrow

भेरीमा गरिएको परिक्षणमा थप ४२ मा कोरोना संक्रमण, राप्तीसोनारीमा थपिए १५ जना

logo
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
corona-patient-transfer.gif

नेपालगन्ज। भेरी अस्पतालमा गरिएको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ। 

बाँके, बर्दिया र रोल्पामा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँकेका १९, रोल्पाका १७ र बर्दियाका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाका १५, खजुरा गाउँपालिकाका ३ र नेपालगन्ज उपमहानगरपालिकाका १ जना संक्रमण देखिएको हो ।

रोल्पाको सुनिलस्मृति गाउँपालिकाका १२ र  रोल्पा नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको 
हो । त्यस्तै बर्दियाको बारबर्दिया नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ