arrow

नयाँ नक्सा जारी गर्नु नेपालको राष्ट्रिय आबश्यकताः डा शशांक कोइराला

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
sasanka-koirala-parliament.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले नेपालले आफनो बास्तबिक अस्तित्वको परिचय खोजी रहेका भूभाग समेटेर नक्सा जारी गर्नु नेपालको राष्ट्रिय आबश्यकता भएको बताएका छन्। कांग्रेस महामन्त्री समेत रहेका कोइरालाले यो कार्यबाट नेपाल र भारतकाबीचमा कुनै व्दिविधा र बैमनस्यता उत्पन्न हुननहुने बताएका छन्। 

संविधान संसोधन अघी मन्तव्य राख्दै कोइरालाले सुमधुर नेपाल भारतसम्वन्ध जति नेपालका लागी आबश्यक छ, अन्तराष्ट्रिय मन्चमा भारतका लागी पनि त्यतिनै उपयोगि रहेको बताए। उनले अगाडी भने, ' भारतले यो कुरा राम्ररी बुझ्नुपर्दछ र बुझेको पनि होला । भारत र चीन दुबैछिमेकी मित्र राष्ट्रले हाम्रो राष्ट्रिय स्वाभिमानको सम्मान गर्ने हामीले बिश्वास लिएका छौं ।'

कोइरालाले संसदमा व्यक्त लिखित मन्तव्यको पूर्ण पाठः

सम्माननीय सभामुख महोदय,
हाम्रो पार्टी नेपाली कांग्रेसले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिक अखण्डताका पक्षमा सदैव दृढ अडान लिंदै आएको छ । हाम्रा संस्थापक नेता बीपी कोइरालाले राष्ट्रियताको प्रश्नलाई सर्वोपरि महत्व दिदै आउनुभएको कुरा सबैमा बिदितनैछ । वर्तमान सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत देशको सम्पूर्ण भूभाग समेटेर नेपालको नयाँ नक्सा तयार गरेको निर्णयलाई हाम्रो पार्टी नेपाली कांग्रेसले समर्थन गर्दछ । नयाँ नक्सालाई नेपालको संविधानको भाग ३५अनुसूची ३ अन्तर्गत नेपालको निशान छापमा समावेश गर्न हुनलागेको संविधानसंशोधन प्रस्तावकोपक्षमा नेपाली कांग्रेसले एक ढिक्का भएर मतदान गर्नेछ
। राष्ट्रियताको दह्रो बिकासका लागि नेपाली कांग्रेस सदैव सशक्त रूपमा उभिएको छ र भविष्यमा पनि उभिनेछ ।

सभामुख महोदय,
नेपाल र भारतकाबीच रहेकोखुला सीमाना नेपालका लागि भारतकोर भारतकालागि नेपालको महत्वको परिचायक रहेको हामीले ठानेका छौं ।उत्तरतिरको छिमेकी चीनसंग पनि हाम्रो महत्वपूर्ण सम्बन्ध रहेकोछ । भारत र चीन दुबैराष्ट्र अहिले बिकासका उच्चतम सोपानतिर उक्लिइरहेका छन । ज्ञान, बिज्ञान र प्रविधिको क्षेत्रमा दुबै मित्र राष्ट्रको प्रगति हामी नेपालीका लागि खुशीको बिषय हो। भारत र चीनको उच्चतम गतिको विकासलाइ नेपालले आफ्नो समृद्धिको यात्रामा उपयोगी बनाउन सक्नुपर्छ। यसो गर्न सक्दा बिश्व रंगमन्चमा हाम्रो भूमिका विस्तारीत हुनेछ। यसै आधारमानै हामीले छिमेकीका लागि सकारात्मक मित्रको भूमिका खेल्न सक्नेछौ।

सभामुखमहोदय,
उत्तर र दक्षिणका हाम्रा दुवै छिमेकीकासाथ हामीले समानताका आधारमा आपसी सम्बन्धको बिकासमा ध्यान दिनुपर्दछ । नेपाल र भारतबीच रहीआएको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिकसम्बन्धमा रहेको सहजता र निरन्तरता बिग्रिन दिनुहुँदैन। यसमा सरकारजति चनाखो र परिपक्वरूपमा प्रस्तुत हुनसक्यो त्यतिनै नेपालको हितमा परिस्थितिको निर्माण हुनेछ । नेपालले आफनो बास्तबिक अस्तित्वको परिचय खोजी रहेका भूभाग समेटेर नक्सा जारी गर्नु नेपालको राष्ट्रिय आबश्यकता हो। यो कार्यबाट नेपाल र भारतकाबीचमा कुनै व्दिविधा र बैमनस्यता उत्पन्न हुनुहुँदैन। सुमधुर नेपाल भारतसम्वन्ध जति नेपालका लागी आबश्यक छ, अन्तराष्ट्रिय मन्चमा भारतका लागी त्यतिनै उपयोगि पनि छ । भारतले यो कुरा राम्ररी बुझ्नुपर्दछ र बुझेको पनि होला । भारत र चीन दुबैछिमेकी मित्र राष्ट्रले हाम्रो राष्ट्रिय स्वाभिमानको सम्मान गर्ने हामीले बिश्वास लिएका छौं ।

सभामुख महोदय,
नेपालको राष्ट्रियताको पक्षमा के सरकार र के प्रतिपक्ष, हामी सबै एकसाथ उभिएका छौं। संसारभरिनै हाम्रो एकताको यो सकारात्मक सन्देश हो। तर, यो एकतालाई सरकारले जनतामा आफ्नाप्रति रहेको निराशा लुकाउन उपयोग गर्ने भूल नगरोस । हामीले सरकारका कमजोरीहरुलाई नियालेरहेरेका छौं। कोरोना संक्रमणको नियन्त्रणमा भएको सरकारी अब्यबस्थाले जनतामा हाहाकार मच्चिएकोछ। सरकारले परिस्थितिको नियन्त्रण गर्नसकेको छैन। यतातिर म सरकारको ध्यान आकर्षित गर्न चाहन्छु।
धन्यबाद, जय नेपाल
डा.शशांक कोइराला
महामन्त्री,नेपाली कांग्रेस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ