arrow

पुष्पलाल, मदनभण्डारी र योगमायाको नाममा कार्यक्रम

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
rastrapati.jpg.jpeg
काठमाडौं। सरकारको आगामी आर्थिक वर्षमा पुष्पलाल, मदन भण्डारी तथा योगमायाको नामबाट विशेष कार्यक्रम ल्याउने भएको छ। आइतबार व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रोजगारी प्रवद्र्धन गर्दै ‘एक घर एक रोजगारीको नीति’ उल्लेख छ।  
 
यसरी प्रस्तुत नीति तथा कार्यक्रममा विज्ञान तथा प्रविधि प्रतिस्ठान स्थापना गर्ने तथा पुष्पलाल मार्गमा अप्टिकल फाइबर तथा विभिन्न सूचना प्रविधिको विकास गर्ने उल्लेख छ। त्यस्तै, विदूषि योगमायाको नामबाट आयुर्वेद शिक्षालयको विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ