arrow

ब्राजिलमा कोभिड–१९ सङ्क्रमित ९०९ जनाको एकै दिनमा मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
brazil-corona.jpg

ब्रासिलिया। ब्राजिलमा कोभिड–१९ सङ्क्रमित ९०९ जनाको एकै दिनमा मृत्यु भएको दक्षिण अमेरिकी उक्त मुलुकको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले स्थानीय समय अनुसार शुक्रबार रातिसम्मको तथ्याङ्कलाई सार्वजनिक गर्दै भनेको छ, “विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९०९ पुगेको र योसँगै अहिलेसम्म ब्राजिलमा कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ४१ हजार ८२८ पुगेको छ।”

उक्त अवधिमा ब्राजिलमा थप सङ्क्रमित हुनेको सङ्ख्या २५ हजार ९८२ पुगेसँगै ब्राजिलमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आठ लाख २८ हजार ८१० पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

ब्राजिलमा एक दिन पहिले नयाँ सङ्क्रमितको सङ्ख्या ३० हजार ४१२ रहेको थियो भने एक हजार २३९ सङ्क्रमितको मृत्यु भएको थियो ।

शनिबारसम्ममा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्याका हिसाबले ब्राजिल अमेरिकापछि दोस्रो धेरै सङ्क्रमित भएको देश बनेको छ ।  

विश्वभर चार लाख २४ हजारभन्दा बढीको मृत्यु

विश्व स्वास्थ्य संगठनले कोभिड–१९को सङ्क्रमण विश्वव्यापी महामारीका रूपमा फैलिएको घोषणा गत मार्च ११ मा गरेको थियो । अहिलेसम्म विश्वभर कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ७६ लाखभन्दा बढी पुगेको र चार लाख २४ हजार सङ्क्रमितको मृत्यु भएको पुष्टि अमेरिकी जोन हकिन्स विश्वविद्यालयले गरेको छ ।

विश्वभर हेर्दा अमेरिकामा २० लाखभन्दा बढी २१ लाख १७ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने अमेरिकामा मृत्यु हुनेको सङ्ख्या एक लाख १६ हजार ८४० पुगेको छ ।

त्यसैगरी सङ्क्रमितका हिसाबले रूस, भारत र बेलायत क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन् । रूसमा सङ्क्रमितको सङ्ख्या पाँच लाख २० हजारभन्दा बढी पुगेको छ भने छ हजार ८२९ को मृत्यु भएको छ ।

भारतमा तीन लाख १० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित रहेको पुष्टि भएको छ भने भारतमा शनिबारसम्ममा आठ हजार ८९५ जनाको मृत्यु भएको छ ।

बेलायतमा शनिबारसम्ममा दुई लाख ९२ हजार ९५० व्यक्ति सङ्क्रमित भएका छन् भने बेलायतमा कोभिड–१९ पुष्टि भएका मृतकको सङ्ख्या ४१ हजार ४८१ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ