arrow

पाकिस्तानी पूर्व प्रधानमन्त्री गिलानी पनि कोभिड–१९ सङ्क्रमित

logo
एएनआई,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
pak-pm-gilani.jpg

इस्लामावाद। भ्रष्टाचार आरोपमा थुनामा रहँदै आएका पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ सङ्क्रमण भएको छ। पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री गिलानीलाई सङ्क्रमण भएको सूचना उनकै छोरा कासिम गिलानीले ट्वीटमार्फत सार्वजनिक गरेका हुन्।

पाकिस्तानी पूर्व प्रधानमन्त्रीका छोरा कासिमले देशको उच्च पदस्थ पदको जिम्मेवाारीसमेत सम्हालेका आफ्ना पिता जेलमा रहँदा सङ्क्रमणको खतरा रहेको भन्दै धरौटीमा रिहा गरिदिन केही समय पहिले वर्तमान सरकारसँग अनुरोध गर्नुभएको थियो । 

पूर्व प्रधानमन्त्री गिलानीका छोरा कासिमले आफ्ना पिता कोभिड–१९ बाट सङ्क्रमित भएपछि ट्वीटमा प्रधानमन्त्री इमरान खान र राष्ट्रिय उत्तरदायित्व विभागको आलोचना गर्नुभएको डनले समाचारमा उल्लेख गरेको छ ।

पाकिस्तानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या शनिबारसम्म एक लाख ३४ हजार ६६७ पुगेको छ भने दुई हजार ५७४ कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

डनका अनुसार युसुफलाई राष्ट्रिय उत्तरदायित्व विभागमा मुद्दामाथि सुनुवाईका लागि बिहीबार उपस्थित गराइएको थियो । उक्त समय पूर्व प्रधानमन्त्रीले कैयौँ वकीलहरूमा सङ्क्रमण रहेको भन्दै न्यायधीशलाई मुद्दाको सुनुवाईका लागि आफु प्रत्यक्ष हाजिर नहुनेगरी व्यवस्था गरिदिन आग्रह गर्नुभएको डनले लेखेको छ । 

पाकिस्तानमा पछिल्ला केही हप्ता यता कैयौ उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, नर्स तथा खेलाडीहरू समेतलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ