arrow

भारतमा पहिलो पटक एकैदिन १२ हजार बढी कोरोना संक्रमित, मोदी दवावमा

logo
प्रकाशित २०७७ जेठ ३२ आइतबार
corona-india-ppe.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख २१हजार ६०६ पुगेको छ ।

२४ घण्टाको अवधिमा भारतमा १२ हजार ३१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च हो । 

निको हुनेको संख्या पनि २४ घण्टामा उच्च पुगेको छ । ८ हजार ९१ जनालाई निको भएको छ । 

मृतक ९ हजार १९९ पुगेका छन् । २४ घण्टामा ३०९ को ज्यान गएको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा ३ हजार ४२७ जना संक्रमित थपिएर १ लाख ४ हजार ५६८ पुगेका छकन् । मृतक ११३ थपिएर ३ हजार ८३० पुगेका छन् । 

विश्वको चौथो स्थानमा
भारतमा कोरोना बिकराल स्थितिमा पुगेको छ । संक्रमणमा भारत चौथो स्थानमा पुगेको छ । भारतले बेलायतलाई पनि निकै पछि पारेको छ । 

बेलायतमा २ लाख ९४ हजार ३७५ जना संक्रमित रहेका छन् । त्यहाँ कोरोना शान्त हुँदैछ । २४ घण्टामा १ हजार ४२५ जना संक्रमित थपिएका छन् । त्यस्तै मृतक १८१ थपिएर ४१ हजार ६६२ पुगेका छन् । 

भारतभन्दा अगाडि अमेरिका, ब्रजिल र रुस रहेका छन् । 

मोदी दवावमा 
भारतमा निकै तिव्र गतिमा कोरोना संक्रमण बढेसंगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दवावमा आएका छन् । 

उनले शनिबार मन्त्रीहरुसंग संक्रमणलाई नियन्त्रण गर्ने तयारी बारेमा समीक्षा गरेका छन् । उनले सिनियर मन्त्रीहरु र अफिसरहरुसंग समीक्षा गरेका हुन् । 

त्यस्तै महाराष्ट्र र दिल्लीसमेत सबै राज्यको स्थितिबारे समेत चर्चा भएको छ । 

दुई तिहाइ कोरोनाको संक्रमण केवल पाँच राज्यमा छन् । परीक्षण, बेडको संख्या बढाउने र सेवा बढाउने बारेमा चर्चा भएको छ । त्यस्तै इमरजेन्सी योजनाका लागिसमेत स्वास्थ्य मन्त्रालयलाई भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ