arrow

अनियमितता छानबिन गर्न कांग्रेसको माग

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७७ जेठ ३२ आइतबार
104026382_891866364656555_8.jpg

गुल्मी । नेपाली कांग्रेस गुल्मीले अनियमिततामाथि छानबिनको माग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई नियन्त्रण गर्नको लागि जिल्लामा बनाइएका क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालनमा भएको आर्थिक अनियमिततालाई छानबिन गरी त्यसलाई रोक्नको लागि सम्बन्धित निकायंसँग कांग्रेसले आग्रह गरेको हो ।

शनिबार सामाजिक दूरी कायम गर्दै बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) रोकथामका क्रममा स्थानीय तहले खेलेको भूमिका सराहनीय भए पनि आर्थिक मामिलामा अधिकांश स्थानीय तहमा भएको अनियमितताका घटनाले आम जनतामा निराशा उत्पन्न भएको बैठकले निष्कर्ष निकालेको सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । 

उनले नेपाली कांग्रेस मुसिकोट नगरसमितिले उठाएको मागका सम्बन्धमा छलफल गर्दै बैठकले मुसिकोट नगरपालिकामा जिम्मेवार जनप्रतिनिधिले दिएको अभिव्यक्तिप्रती गम्भीर ध्यान आकृष्ट भएको बताउँदै जिम्मेवार जनप्रतिनिधिद्वारा प्रस्तुत अभिव्यक्ति फिर्ता लिन माग गरेको बताए । 

उपचारको अभावमा मृत्यु भएका मदाने गाउँपालिका वडा नं ६ का ४१ बर्षिय शिक्षकको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको र ३ दिनसम्म शव नउठ्नु तथा परिवारको मागलाई समेत बेवास्ता गरी एकतर्फी शव व्यवस्थापन गर्नु मृतकप्रतिको घोर अपमान भएको बैठकमा सहभागी कांग्रेस नेताहरूले बताएका छन् । 

त्यस्तै अव्यवस्थित क्वारेन्टाइन, खान, बस्न लगायतका नागरिक प्रतिको अत्यावश्यक व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिएका कारण छत्रकोटको क्वारेन्टिनमा रहेका चन्द्रबहादुर परियारलाई आत्महत्या गर्न बाध्य पारिएको काँग्रेसको ठहर छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न समस्याले सिमानाका र विभिन्न स्थानमा अलपत्र परेका नागरिक, परिवारलाई महत्वपूर्ण राहत सहयोग र उद्दार गरेकोमा कांग्रेस गुल्मी काठमाडौ सम्पर्क अन्तर्गतको विपद व्यवस्थापन समिति र जनसम्पर्क समिति उत्तर भारत क्षेत्र दिल्लीले गरेको कामको उच्च मूल्यांकन गर्दै कांग्रेसले आभार व्यक्त गरेको छ ।

सरकारले कोरोनाको नाममा गरेको आर्थिक अनियमितता, क्वारेन्टाइनमा जनतालाई दिइएको दुःख लगायतका विषयलाई लिएर काँग्रेसले यहि असार २ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

त्यस्तै बैठकमा कतिपय स्थानीय तहले आरडिटीद्वारा कोभिड–१९ परीक्षण गरी क्वारेन्टिनमा बसेका नागरिकहरुलाई घर पठाउने गरिएको भन्दै आरडिटी त्यति विश्वसनीय नहुने भएकोले पिसिआर विधिद्वारा क्वारेन्टाइनमा बसेका सबैको परिक्षण गर्नको लागि जिल्लामै व्यवस्था मिलाउन गुल्मी कांग्रेसले माग गरेको छ ।

पिसिआर मेसिन खरिदका लागि सबै सरोकारवालासंग छलफल चलिरहेको अवस्थामा जिल्ला विपद व्यवस्थापन समितिमा रहेको सर्वदलीय भावना र सहमति विपरीत एकलौटी रुपमा अध्ययन कार्यदलको नाममा गठन गरिएको समिति प्रति गुल्मी कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । पिसिआर परिक्षण मेसिन सर्वदलीय सर्वपक्षीय ढङ्गबाट छिटोभन्दा छिटो खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

रेसुङ्गा नगरपालिकामा क्वारेन्टाइन व्यवस्थापनमा आर्थिक अनियमितता र सम्बन्धित वडाका जनप्रतिनिधिलाई बिल पास गर्नका लागि दिएको दबाब र ईस्मा गाउपालिका वडा नं ६ अम्मरपुरको गोबिन्दरत्न कुँवर निमाबिको क्वारेन्टाइनमा बसेका ब्याक्तिहरुमाथी जेठ २८ गते राती ११ः४५ बजे उच्छृङ्खल युवाहरूले गरेको अभद्र व्यबहार प्रती दुस्ख व्यक्त गर्दै घटनाको छानबिन गरि दोषीलाई कारबाहीको माग गरेको छ ।

बैठकले नेपाली कांग्रेस जिल्ला सदस्य तथा कालीगण्डकी गाउपालिका अध्यक्ष बेद बहादुर थापाको बुवा रन बहादुर थापा, नेपाल शिक्षक महासघ प्रदेश न ५ का वरिष्ठ उपाध्यक्ष बोमबहादुर कुँवर, पुर्व नेपाली कांग्रेसका जिल्ला सभापति चन्द्रबहादुर केसीका ससुरा लालबहादुर खत्री र नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा चन्द्र भण्डारीका बुवा इश्वरी प्रसाद भण्डारीको निधन प्रति दुःख व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ