arrow

कोरोना : भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित

logo
प्रकाशित २०७७ जेठ ३२ आइतबार
corona-india-final.jpg

एएनआई, नयाँदिल्ली ।भारतमा कोरोनाभाइरसको महामारीबाट संक्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ । 

दैनिक संक्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

यो तथ्यांक पनि दैनिक संक्रमितहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ । 

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन लाख २० हजार ९२२ पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा ३११ जनाको कोरोनाभाइरसबाट संक्रमित भएकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार १९५ पुगेको छ । 

देशभरी कुल संक्रमितमध्ये एक लाख ४९ हजार ३४८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु एक लाख ६२ हजार ३७९ जना संक्रमण मुक्त भएका छन् । 

सबैभन्दा धेरै संक्रमित रहेको महाराष्ट्र प्रदेशमा मात्रै एक लाख चार हजार ५६८ जना संक्रमित भएका छन् । 

त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ४२ हजार ६८७ जना र तेस्रो धेरै संक्रमित रहेको दिल्ली प्रदेशमा ३८ हजार ९५८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ