arrow

सर्वत्र चासोकोबीच अग्रिम कर बापतको १५ प्रतिशत कर एनसेलले बुझायो

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
ncell.jpg.jpeg
काठमाडौं। एनसेलले ठूला करदाता कार्यालयको निर्देशन अनुसार नर्वेजियन कम्पनी टेलियासोनेरा र मलेसियन कम्पनी एक्जियटा बिच भएको सेयर खरिद बिक्री बापतको लाभकर बापतको स्रोतमा कर कट्टा (टीडीएस) बापत १५ प्रतिशत हुने रकम कर कार्यालयमा समयसिमा भित्रै दाखिला गरेको कर कार्यालयले जनाएको छ।
 
एनसेलले अन्तिम करकट्टि बापतको नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार चार रूपैयाँ ठूला करदाता कार्यालयमा बुझाएको कार्यालयका प्रमुख शोभाकान्त पौडेलले बताए। 
 
पत्रकारहरुको भेटमा एनसेलमा प्रबन्ध निर्देशक साइमन पार्ककिन्सले समेत नियम अनुसार हुन आउने रकम दाखिला गरेको बताएका छन्।
 
टेलियासोनेराले हालसम्म गरेको लगानी तथा सेयर कारोबार हुदा भएको खर्च घटाएर हुने कुल नाफाको १५ प्रतिशतमा हुने आउने रकम टेलियासोनेराले नबुझाई नेपालबाट बाहिरिए पछि पनि एनसेलले कर कार्यालयलाई बुझाएको हो।
 
अग्रिम कर दाखिला गरिसके पछि एनसेल यो पनि दोहोर्याएको छ कि यो कारोबारमा एनसेल कम्पनीमा रहेको टेलिया नर्वेले रेनल्ड्स्को शेयर मलेसियन कम्पनी एक्जियटा बिक्री गरेको हो।
 
सम्पूर्ण कारोबारमा एनसेलको कुनै संलग्नता नरहेको र कारोबारको दौरानमा एनसेलले न त कुनै भुक्तानी दिएको न त प्राप्त गरेको बताउदै समयमा नै कर कार्यालयले जानकारी नदिदाँ अग्रिम कर कट्टी बापतको १५ प्रतिशत रकम होल्ड गर्न नसकेको अवस्थामा समेत कर तिर्दा गौरवान्वित महशुस भएको एनसेलमा प्रबन्ध निर्देशक साइमन पार्ककिन्सले पत्रकार माझ बताए। एनसेल नेपालकै सबभन्दा ठूलो करदाता भएको नाताले समेत देशको कानून परिपालना गर्दै आएको बताएको छ।
 
देश र जनताको भलाईमा प्रतिबद्ध जिम्मेवार कर्पोरेटको रुपमा विद्यमान लाभकर सम्बन्धि मुद्दालाई समाधान गर्न नेपाल सरकारलाई पूर्ण सहयोग गर्दै आएको छ र गरी नै रहने समेत एनसेलले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ