arrow

भारतमा कोरोना संक्रमित तीन लाख ३३ हजार नाघे

logo
प्रकाशित २०७७ असार १ सोमबार
corona-india-security1.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३३ हजार नाघेको छ । आइतबार ११ हजार ३७४ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ३ लाख ३३ हजार ८ पुगेको हो । 

मृतकको संख्या ९ हजार ५२० पुगेको छ । २४ घण्टामा ३२१ जना मृतक थपिएका छकन् । निको हुनेको संख्या ७ हजार ३६२ थपिएपछि १ लाख ६९ हजार ६८९ पुगेका छन् । 

दिनानुदिन संक्रमित बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ रणनीति अपनाउन मन्त्रिहरुसंग छलफलसमेत गरेका छन् । 

तर अन्य देशको तुलनामा निको हुनेको संख्या भने उल्लेख्य छ । 

सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा एकैदिन ३ हजार ३९० जना संक्रमित थपिएका छन् । संक्रमित १ लाख ७ हजार ९५८ पुगेका छन् । 

मृतक १२० सहित ३ हजार ९५० पुगेका छन् । 

लकडाउनमा पनि बढी खुकुलो बनेर संक्रमित थपिएको भन्ने निष्कर्षमा समेत पुग्न थालिएको प्रशासनहरुको निष्कर्ष भएकाले सुरक्षाकर्मीले कडाई गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ