arrow

विश्वमा कोरोनाबाट ज्यान गुमाउने घट्दै, संक्रमणमा ब्रजिलभन्दा अमेरिका अगाडि

logo
प्रकाशित २०७७ असार १ सोमबार
corona5.jpg

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने घट्दै गएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार २४८ जनाको ज्यान गएको छ । 

यसअघि निरन्तर चारदेखि पाँच हजारको हाराहारीमा ज्यान जाँदै आएको थियो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ब्रजिलमा ५९८ जनाको ज्यान गएको थियो । 

दोस्रो बढी मेक्सिकोमा ४२४ जनाको ज्यान गयो । अमेरिकामा ३२६ जनाको ज्यान गयो । तेस्रो स्थानमा भारत रह्यो । भारतमा ३२१ जनाको ज्यान गयो । 

संक्रमितको संख्या पछिल्लो २४ घण्टामा १ लाख २२ हजार २९८ रहेको छ । विश्वभर संक्रमित ७९ लाख ८२ हजार ८२२ पुगेका छन् । मृतक ४ लाख ३५ हजार १६६ पुगेका छन् । 

अमेरिकामा २१ लाख ६२ हजार ५४ जना संक्रमित हुँदा पछिल्लो २४ घण्टामा १९ हजार ८३० संक्रमित थपिए । मृतक १ लाख १७ हजार ८५३ पुगेका छन् । 

दोस्रो ब्रजिलमा पछिल्लो २४ घण्टामा १७ हजार ८६ संक्रमित थपिएर ८ लाख ६७ हजार ८८२ पुगेका छन् । मृतक ४३ हजार ३८९ पुगेका छन् । 

तेस्रो रुसमा पछिल्लो २४ घण्टामा ८ हजार ८३५ थपिएर संक्रमित ५ लाख २८ हजार ९६४ पुगेका छन् । मृतक ११९ थपिएर ६ हजार ९४८ पुगेका छन् । 

चौथो भारतमा पछिल्लो २४ घण्टामा ११ हजार ३८२ संक्रमित थपिएर ३ लाख ३३ हजार ८ पुगेका छन् । मृतक ९ हजार ५२० पुगेका छन् । 

पाँचौं बेलायतमा पछिल्लो २४ घण्टामा १ हजार ५१४ जना संक्रमित थपिएर २ लाख ९५ हजार ८८९ पुगेका छन् । मृतक ३६ थपिएर ४१ हजार ६९८ पुगेका छन् । 

छैटौं  स्पेनमा ३२३ मात्रै थपिएर २ लाख ९१ हजार ८ पुगेका छन् । मृतक २७ हजार १३६ पुगेका छन्  ।

सातौं इटालीमा पछिल्लो २४ घण्टामा ३३८ थपिएर संक्रमित २ लाख ३६ हजार ९८९ पुगेका छन् । मृतक ४४ थपिएर ३४ लाख ३४५ पुगेका छन् । 

पाकिस्तान १५ औं छ तर संक्रमित ६ हजार ८२५ थपिएका छन् र १ लाख ३९ हजार २३० पुगेका छन् । मृतक ८१ थपिएर २ हजार ६३२ पुगेका छन् । 

बंगलादेश १८ औं छ । संक्रमित ३ हजार १४१ थपिएर ८७ हजार ५२० पुगेका छन् । मृतक ३२ थपिएर १ हजार १७१ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ