arrow

स्पेनिश लिगमा २८ चरणका खेल सकिए, को कुन स्थानमा ? 

logo
प्रकाशित २०७७ असार १ सोमबार
real-madrid17.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीपछि पुनः सुचालु भएको स्पेनिश ला लिगा फुटबलमा २८ औं चरणका खेलहरु सकिएका छन् । 

उपाधिका दावेदार बार्सिलोना र रियाल मड्रिड विजयी भएका छन् । शनिबार राति बार्सिलोनाले मयोर्कालाई ४–० गोल अन्तरले हराएको थियो । 

आइतबार राति रियाल मड्रिडले आइबारलाई ३–१ गोलले हरायो । अल्फ्रेडो डी स्टेफानो मैदानमा रियाललाई जित दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । इबरका पेड्रो बिगासले एक गोल फर्काए ।

जितसँगै रियालले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरीसमेत घटाएको छ । बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियालले २८ खेलबाट ५९ अंक जोडेको छ । बार्सिलोनाको ६१ अंक रहेको छ ।

कोरोनापछिको अन्य खेलको नतिजा
ग्रानाडा २–१ गेटाफे 
भ्यालेन्सिया १–१ लेभान्ते
स्पानियोल २–० डेपोर्टिभो 
सेल्टाभिगो ०–१ भिल्लारियल
गेलानेस १–२ रियाल भल्लाडोलिड
एथलेटिक बिलबाओ १–१ एथलेटिको मड्रिड
रियाल सोसिडाड १–१ ओसासुना  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ